ताजा समाचार

भाद्र १ गते २०७६

नेपाल औषधी व्यवसायी संघमा विक्रम

नेपाल औषधी व्यवसायी संघ कास्कीमा विक्रम पन्त अध्यक्षमा चुनिएका छन् । पन्त प्रतिस्पर्धी सञ्जीव देवकोटा क्षेत्रीलाई पराजित गरी प्रथम अधिवेशनबाट जिल्लाको पहिलो अध्यक्ष बनेका हुन् । पन्तले १ सय ४५ मत प्राप्त गरेका थिए भने देवकोटाले १ सय ३२ मत पाएका थिए ।

संघको उपाध्यक्ष धीरज गौतम, महासचिव पूर्णबहादुर बस्नेत, कोषाध्यक्ष मिलन श्रेष्ठ, सचिव निराजन रेग्मी र उपकोषाध्यक्ष विक्रमराज पहारी निर्वाचित भएका छन् । संघको सदस्यमा सुमन तिवारी, आशा आले रानामगर र दुर्गाप्रसाद अधिकारी चयन भएका छन् । संघको अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले औषधी व्यवसाय नाफामुखीमात्र हुन नहुने बताएकी थिइन् ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ कास्की अध्यक्ष राम केसी, केन्द्रीय सचिव यमनाथ पौडेल, सदस्य टंक अधिकारी, गण्डकी प्रदेशका उपाध्यक्ष मेघनाथ काफ्ले, गण्डकी अञ्चलका पूर्व अध्यक्ष नरबहादुर राना, धौलागिरि अञ्चलका निर्वतमान अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, गण्डकी प्रदेशका महासचिव कृष्ण पाण्डे लगायतले औषधी व्यवसायी संघको संस्थागत विकास र हकहितका लागि एकतामा जोड दिए ।


Loading...