ताजा समाचार

भाद्र २ गते २०७६

चेम्बर अफ कमर्सका सदस्य र कर्मचारीलाई मेडिसिटीमा सहुलियत

नेपाल मेडिसिटी अस्पतालको सेवामा चेम्बर अफ कमर्सका सदस्य एवं कर्मचारीले विशेष सहुलियत पाउने भएका छन् । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो एवं नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सोमबार यससम्बन्धी सम्झौता हस्ताक्षर गरे ।

अस्पतालका अध्यक्ष डा. महतोले नेपाल मेडिसिटी केवल अस्पताल मात्र नभई संसारकै स्वास्थ्य गन्तव्य बन्न सक्ने अभियानमा रहेको बताए । अभियानमा नेपाल चेम्बर अफ कमर्सका आर्थिक क्षेत्रलाई बुुझेका व्यक्तिले थप साथ र हौसला दिनुपर्ने धारणा उनले राखे ।

चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले स्वदेशमा र विदेशमा परीक्षण गर्दा उस्तै अनुुभव भएको बताए । उनले नेपाल मेडिसिटीको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको पाएकाले स्वदेशी अस्पताललाई साथ दिन यस सम्झौता गरिएको उल्लेख गरे । ललितपुरको भैंसेपाटीमा रहेको मेडिसिटी अन्तर्राष्ट्रिय मान्यता एनएबिएच प्राप्त नेपालको पहिलो र एकमात्र सुपरस्पेसालिटी हस्पिटल हो ।


Loading...