ताजा समाचार

भाद्र २ गते २०७६

पाल्पामा पनि डेंगुको बिरामी फेला

पाल्पामा डेंगुका बिरामी फेला परेका छन् । साउन महिनामा मात्रै दुई बिरामी फेला परेका हुन् ।गत वर्ष भदौमा जिल्लामा डेंगुका सात बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए । डेङ्गुको संक्रमण देखिएपछि दुवै जनाको उपचार भइरहेको छ ।

यो रोग ‘एडिप्टाइ’ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । घर वरिपरी खाडलमा पानी जम्न नदिने, सरसफाइ गर्ने, नियमित राति सुत्दा झुल टाँगेर सुत्ने तथा शरीर पूरै ढाक्ने गरी कपडा लगाए डेंगुबाट बच्न सकिने सूचना अधिकारी ज्ञवाली बताउँछन् ।

अत्यधिक ज्वरो आउने, नाकको नाथ्री फुटेर रगत बग्नेलगायत डेङ्गु रोगका लक्षण देख्ने बित्तिकै स्वास्थ्य संस्थामा उपचार गराउनु पर्ने जानकारी दिएका छन् ।


Loading...