ताजा समाचार

भाद्र १८ गते २०७६

लेखनाथ सिटी–सिद्धार्थ इन्स्योरेन्स सम्झौता

सिद्धार्थ इन्स्योरेन्स र पोखरा २६ बुढीबजार चोकमा रहेको लेखनाथ सिटी हस्पिटलबीच स्वास्थ्य बिमा सम्झौता भएको छ । मंगलबारसम्झौतामा इन्स्योरेन्सको तर्फबाट रिजनल म्यानेजर सुनयना पालिखे र लेखनाथ सिटीको तर्फबाट हस्पिटल अध्यक्ष सञ्जय कार्कीले हस्ताक्षर गरे ।

व्यक्तिगत स्वास्थ्य बिमा अन्तर्गत बिमा गर्नेले १ हजार ७ सय ५० रुपैयाँ तिरेपछि १ लाखसम्मको स्वास्थ्य बिमा १ वर्षसम्म प्राप्त गर्ने छन् । यस अवधिभित्र अकस्मात बिरामी हुँदा लेखनाथ सिटीवाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब, औषधि, अपरेसन लगायतका सेवा निःशुल्क प्राप्त गर्न सकिनेछ । पोखरा र आसपासका बिरामीलाई अझै उत्कृष्ट सेवा तथा सहज सुविधा प्रदान गर्नको लागि

हस्पिटलले सिद्धार्थसँगको सहकार्यमा स्वास्थ्य बिमा सुरु गरेको निर्देशक सुजन रानाभाटले बताए ।
इमर्जेन्सीसहित २५ शड्ढया रहेको हस्पिटलले स्वास्थ्य बिमा अभियानमा आरम्भमा स्थानीयलाई प्राथमिकता दिदै र पछि अन्य वडामा पनि विस्तार गर्ने लक्ष्य राखेको निर्देशक उदीपराज ढुंगानाले जानकारी दिए ।


Loading...