कृषि मन्त्रीलाई पनि डेंगु, अस्पताल भर्ना

कृषि मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएको छ।रगत जाँचका क्रममा डेंगुको संक्रमण देखिएपछि बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको खनालका प्रेस संयोजक बोमलाल गिरीले बताए ।

गत शुक्रबार हेटौंडाबाट फर्किएलगत्तै रुघाखोकी लाग्ने र ज्वरो आउने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उनको रगत परीक्षण गरिएको थियो।डेंगु भएको पुष्टी भएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको हो ।

पछिल्लो समय देशका विभिन्न भागमा डेंगुको समस्या छ। साउनयतामात्रै झन्डै २५ सय जनामा यो रोग देखिएको छ।