नेपालमा पहिलो पटक पाठेघरमा रहेको ट्युमर बिनाशल्यक्रिया उपचार

ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालका इन्टरभेन्सनल रेडियोलोस्ष्टिहरुले नेपालमै पहिलो पटक पाठेघरमाभएको फाइबरलाई युटेराइन आर्टरी कोइम्बोलाइजेसन गरी उपचार गरिएको छ ।

एक ३७ वर्षिय महिलालाई यो उपचार गरिएको हो । उनको पाठेघरमा बहुसंख्यामा ट्युमर थिए ।

यो पद्धतिमा पाठेघरलाई आपूर्ति गर्ने आर्टरीलाई बन्द गरी फाइबरलाई निश्क्रिय पारिन्छ । उपचारमा संलग्न चिकित्सकमध्येक एक डा. ओमबिजु पन्तले यस किसिमको अभ्यास नेपालमा यसअघि नभएको बताए । उनले पहिलो पटक भएको अभ्यास सफल भएको भएकोमा खुसी व्यक्त गरे ।
सफल इम्बोलाइजेसन प्रक्रियामा नेपाल मेडिसिटी अस्पतालको रेडियोलोजी विभाग प्रमुख डा. रामकुमार घिमिरे, इन्टरभेन्सनल रेडियोलोजिस्ट डा. ओम बिजु पन्त, एनेस्थेसियोलोजिस्ट डा. प्रज्वल भट्टराई र डा. हेमन्त अधिकारी संलग्न थिए । साधारणतया शल्यक्रिया गरी पाठेघर फाल्ने या ट्युमर फाल्ने गरिदै आइएको माइम्बोलाइजेसनले ट्युमरमा रक्तसञ्चार बन्द गराइ ट्युमरलाई घटाउदै लैजान्छ ।

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय मान्यता एनएबिच प्राप्त मेडिसिटीले नेपाली बिरामीलाई सबै खालका उपचार नेपालमै सम्भव गराउने लक्ष्य लिएको महाप्रबन्धक विजय रिमालले बताए ।