राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसुति सेवाका लागि आउने महिलाका लागि सुत्केरी भत्ता पुनः सुचारु हुने भएको छ ।
तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भएपछि बजेट रोकिएका कारण सुत्केरी भक्ता समेत वितरण हुन सकेको थिएन् ।
स्वास्थ्य मन्त्रालयले बजेट दिएपछि प्रतिष्ठानले कार्तिक १ गतेबाट प्रसुति सेवा लिन आउने महिलाका लागि सुत्केरी भत्ता दिने भएको हो ।
स्वास्थ्य मन्त्रालयबाट यसै हप्ता २ करोड बजेट निकाशा भएको र कार्तिक १ गतेबाट सरकारले दिंदै आएको १ हजार ८ सय रुपैयाँ सुत्केरी भत्ता दिइने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार रामप्रशाद प्याकुरेलले जानकारी दिए ।






