कम्मर दुखेर हैरान हुनुहुन्छ ?

कमर दुख्ने समस्या आजभोलि सामान्य जस्तै भएको छ । वृद्धवृद्धाहरुलाई मात्र नभएर युवामा पनि यो समस्या देखिन थालेको छ ।

कम्मर दुखाइ बढ्नुको कारण व्यस्त जीवनशैली र शारीरिक व्यायाम वा काम नगर्नु हो । धेरैजसो मान्छेहरुको कम्मरमध्ये भाग र तल्लो भाग बढी कम्मर दुखाइको महसुस गर्छन् ।

यो समस्या कम्मरको दुवै भाग र हिप्ससम्म पनि फैलिन सक्छ । जति जति उमेर बढ्दै गयो त्यति नै कम्मर दुःखाइको समस्या बढ्दै जान्छ । यसको कारण भने काम गर्न अल्छी गर्नु नै हो । केही कुराहरु व्यवहारमा उतारेर यसलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । 

यस्तो गर्दा कम्मर दुखाई हुन्छ,
-बाक्लो ओछ्यानमा सुत्दा,
-मांसपेशीहरुलाई तनाव हुँदा
-ठूलो भारी उठाउनु र गलत तरिकाबाट बस्नु

उच्च हिल चप्पलले पनि समस्या
-सधैजसो उच्चा हिल जुत्ता वा सेन्डीलको प्रयोगले पनि कम्मर दुखाइ बढ्छ।
-यसका अलावा शरीरमा लामो समयदेखी बिमारी भएमा पनि कम्मर दुखाइ कारण बन्छ । 

कम्मर दुखाइबाट बच्नलाई के गर्ने ?
-कम्मरमा ठूलो भारी उठाउनबाट जोगिनुपर्यो ।
-अचानक झुक्नबाट बच्नुस् । 

शरीरलाई सेक्नुस् 
-शयर गर्नु, पौडनु या साइकल चलाउनु सुरक्षित व्यायाम हुन् । कम्मर दुखाइको समस्याबाट ग्रस्त मानिसहरु यस्ता व्यायामहरु गर्न सक्छन् । 
-योगले कम्मर दुखाइलाई कम गर्न सहयोग गर्छ  । कम्मर दुखाइ भएकाहरुले योग गर्दा योग गुरुको रेखदेखमा योग गर्नुपर्छ । 
-यसबाहेक नुन तातो पारेर मोटो सुतीको कपाडामा बाँधेर प्याकेट बनाएर सेक्नुस् । 

एउटै तरिकाबाट नबस्नुस् 
-लामो समयसम्म एउटै पोजीसनमा बसेर काम गर्दा पनि समस्या बढ्न सक्छ, त्यसैले बीचबीचमा उठेर हिड्नुस् 
-हरेक दिन बिहान सस्र्युँ वा नरिवलको तेलमा लसुनका तीन—चार पिस राखेर तताउनुस् र चिसो महसुस भएमा यो तेलले मालिस गर्नुहोस् ।