चैत्र ११ गते २०७६

ताजा समाचार

चैत्र ११ गते २०७६

कोरोना संक्रमित ९५ वर्षकी महिला निको भइन्



कोरोनाबाट ६ हजार बढीको ज्यान गएको इटलीको एउटा खुसीको खबर सार्वजनिक भएको छ।

९५ वर्षकी अल्मा क्लारा कोर्सिनी कोरोना भाइरस संक्रमित भए पनि उपचारपछि निको भएकी छिन् । मार्च ५ मा स्थानीय मोदेना अस्पतालमा भर्ना गरिएकी उनी उपचारपछि डिस्चार्ज भएर घर फर्किएकी छिन्।

कोर्सिनी इटलीमा कोरोना भाइरस लागेर उपचारपछि ठीक भएकी सबैभन्दा बढी उमेरकी संक्रमित महिला हुन्। कोरोना भाइरस संक्रमणमा ६० वर्ष माथिका उमेर समूहलाई बढी जोखिम देखिने विभिन्न तथ्यांकहरुले देखाए पनि उपचारपछि ठीक हुने पनि देखिएका छन्।

गत साता ९७ वर्षका पुरुष संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका थिए ।