चैत्र ११ गते २०७६

ताजा समाचार

चैत्र ११ गते २०७६

कोरोना जाच्ने किट निजी क्षेत्रले पनि ल्याउन पाउने



कोभिड १९ परीक्षण जाच्ने किट ल्याउन निजी क्षेत्रलाई पनि सरकारले अनुमति दिएको छ । अहिलेसम्म यो जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र परीक्षण हुन्छ ।

सरकारका प्रवक्ता डा युवराज खतिवडाले चाडो ल्याउन सक्छ भने पारदर्शी तवरले ल्याउन अनुमति दिने बताए । उनले किट ल्याउन यातायातका साधनको कमी नहुने प्रतिवद्धता गरे ।

उनले राहात कोष सरकारले नै स्थापना गरेकाले अरु संघ, संस्थाले चलाउन नपर्ने उल्लेख गरे । कफर््यु लाग्ने अवस्था नभएको जानकारी दिँदै उनले सरकारको कदममा साथ दिएको भन्दै जनतालाई धन्यवाद दिएका छन् ।