चैत्र ११ गते २०७६

ताजा समाचार

चैत्र ११ गते २०७६

पोखरामा पनि कोरोना परीक्षण गर्ने तयारी



सरकारले उपत्यका बाहिरका ३ अस्पतालमा कोरोना भाइरस जाँच तत्काल सुरु गर्ने निर्णय गरेको छ।

जसमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विकास प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगञ्जका प्रयोगशालाहमा कोरोना भाइरस कोभिड १९ परीक्षण कार्य सुरु गर्ने निर्णय गरेको हो।

मंगलबार नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले ती अस्पतालमा यथाशीघ्र परीक्षण कार्य सुरु गर्न प्रयोशाला परीक्षण सामग्री र तलिमको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो।