चितवनमा कोरोना आशंकामा आइसोलेसनमा राखिएका युवाको मृत्यु

चितवनको भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत १ युवकको मृत्यु भएको छ ।

विरगञ्ज घर भएका ३० वर्षीय ती युवाको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । उनी उच्च ज्वरो र रुघाखोकीले पीडित भएपछि उनलाई अस्पताल लगिएको थियो ।

कोरोना आशंकामा उनलाई आइसोलेसनमा राखिएको भए पनि उनको परीक्षणको रिपोर्ट आउन बाँकी नै छ ।