पोखरा महानगरले बनायो सेनिटाइजर

कोरोना संक्रमणबाट बाच्न प्रयोग हुने मास्क, सेनिटाइजर आदिको बजारमा अभाव थियो । देशै लकडाउन भएपछि यी सामग्रीको झन् अभाव हुने नै भयो ।

लकडाउनका बेला पनि अत्यावश्यक सेवा सञ्चालनमा छन् । यस्तै अत्यावश्यक सेवामा खटिने कर्मचारीका लागि पोखरा महानगरले सेनिटाइजर बनाएको छ । ल्याण्डफिल्ड साइट, दमकल , सरसफाइ आदिमा खटिने कर्मचारीका लागि आवश्यक पर्ने स्यानिटाइजर मंगलबार तयार गरिएको हो । मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाको नेतृत्वमा जनस्वास्थ्य अधिकृत सुजता पोखरेल र अहेव राजेन्द्र रेग्मीको टोलीले २० लिटर सेनिटाइजर बनाएको हो ।

तिमिल्सिनाले विज्ञानमा स्नातकोत्तर गरेका छन् । महासंकटमा ल्याण्डफिल्ड साइट, दमकल र सरसफाइ कर्मचारीलाई अत्यावश्यक सेनिटाइजर तयार गरिएको जनस्वास्थ्य निरीक्षक फूलदेव तिमिल्सिनाले बताए ।

महानगरकै अग्रसरतामा मंगलबार बेलुकासम्म १ सय ५० बेडको क्वारेन्टाइन तयार हुँदै छ । क्वारन्टाइन बुधबारबाट प्रयोग गर्न मिल्ने उनले जानकारी दिए ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।