नोवल कोरोना भाईरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारण मुस्ताङको लेतेमा अलपत्र परेका केही पर्यटकलाई मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले बस्न फ्रीको सहुलियत दिएका छन् ।
राउण्ड अन्नपूर्ण पदयात्रा गर्दै बुधबार मुस्ताङको लेते पुगेका पर्यटक पथप्रर्दशकसहित १५ जना पर्यटकलाई अर्को व्यवस्था नभएसम्म बस्न फ्री उपलब्ध गराएको लजका प्रोपाईटर अमित तुलाचनले जानकारी दिए । मुस्ताङको थासाङ–४ लेते स्थित सियु लजमा अलपत्र परेका जर्मनका ६ जना , मेस्सिकोका १ जना ,अमेरिकाका १ जना पर्यटकसहित ७ जना पथप्रर्दशक अहिले होटलमै सुरक्षित बसेका छन् ।
उनीहरुलाई खाना बाहेक बस्न दिएर होटलमै सुरक्षित होम क्वारेन्टाईनमा राखिएको प्रोपाईटर तुलाचनले बताए । प्रोपाईटर तुलाचनका अनुसार उनीहरुसंगै आएका कतिपय पर्यटक फर्किसकेको तर उनीहरु मुस्ताङमै सुरक्षित रहन चाहेको जानकारी दिए । अहिले कोरोना भाईरसको संक्रमणअमेरिकीमा बढी देखिएको छ भने ,जर्मनी लगायतका देश कोरोना प्रभावित छन् ।




