अस्ट्रेलियामा ५ नेपाली विद्यार्थीलाई कोरोना

अस्ट्रेलियाको सिड्‌नीमा रहेका ४ नेपाली छात्रालाई कोभिड १९ संक्रमण भएको छ ।

अहिले सेल्फ क्वारेन्टाइनमा बसिरहेका उनीहरु चारै जना एकै कोठामा बस्थे । सुरुमा १ जनामा संक्रमण देखिएपछि जाँचका क्रम उनीहरुमा संक्रमण फेला परेको हो ।

नेपाली दुतावासका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । सोही क्षेत्रमा बस्ने अर्की एक नेपाली विद्यार्थीमा समेत कोरोना देखिएको छ ।