साना कुरा जसले कोरोना संक्रमण रोक्न सक्छन

हातमा औंठी तथा घडी नलगाऔं | साबुनले हात धोएपनि औंठी तथा घडीको पछाडि भाइरस रहन सक्छन |

नंग नपालौं |

बाहिरबाट घर आएपछि मोबाइल फोन, चस्मा, ब्याग, कपडा, जुत्ता, मोजा, साँचो, आदिलाई घाममा सुकाउने गरौँ |

सकभर पत्रिका घरभित्र नराखौं | अनलाइन संस्करण पढौं |

पैसाबाट कोरोना भाइरस सर्न सक्छ | पंजा लगाएर पैसाको काम गरौँ | पैसालाई घाममा राखौं |

दुधको प्याकेट, बजारबाट ल्याएको सामान, अनलाइन अर्डर गरेका सामानलाई निस्संक्रमण गरौँ |

अन्य व्यक्ति भेट्ने कोठामा एक्जिट फ्यान राख्ने, झ्याल खोल्ने गरौँ |

स्विमिंग नगरौं |

दाहिने हातलाई ( बायाँ हात चलाउनेले बायाँ हात ) अनुहार छुनबाट नियन्त्रण गरौँ |

मान्छेभन्दा अलि टाढा गएर खोक्ने, हाच्छ्युं गर्ने गरौँ |

बाहिरका सबै सामान र सबै व्यक्तिलाई शंका गरौँ | घरभित्र आउँदा आफुलाई शंका गरौँ |

मास्कलाई कहिल्यै पनि खल्ती वा ब्यागमा नराखौं | घरबाहिर सुरक्षित तरिकाले डिस्पोज गरौँ |

देवता सर्वव्यापी हुन्छन् भन्ने मान्यता राख्नुहुन्छ भने घरबाट नै पुजा गरौँ |

हरेक व्यक्तिसंग १.५ मिटरको दुरी कायम गरौँ |

पाहुना जाने, बोलाउने संस्कृतिलाई स्थगित गरौँ |

हतारिएर धेरै सामग्री तथा औषधि संकलन नगरौं | संक्रमण भयो भने तपाइंले जम्मा गरेका औषधि उपयोगी हुँदैनन् | त्यस्तै तपाईलाई संक्रमण भयो भने तपाइंले किनेका खाध्य पदार्थ तपाईंले खान सक्नुहुन्न |

कडा औषधि तथा स्टेरोइड सेवन नगरौं | गरेका छौं भने आफ्नो चिकित्सकलाई जानकारी दिएर घटाउदै हटाउने तरिका सिकौं |

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।