मुस्ताङमा कोरोना कमाण्ड पोष्ट गठन

मुस्ताङमा (कोभिड–१९) कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकार्यलाई थप तिब्रता दिलाउन जिल्ला स्तरीय कोरोना कमाण्ड पोष्ट गठन भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बसेका विभिन्न सरोकारवाला निकायको बैठकले हाल विश्वप्यापी फैलिएको कोरोना रोकथाम ,नियन्त्रण र यसको उचित व्यवस्थापन गर्न जिल्ला स्तरीय कमाण्ड पोष्ट गठन भएको हो ।
प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालको अध्यक्षतामा बसेको बैठकले कोरोना प्रतिकार्यका लागि कमाण्ड पोष्ट गरेको हो । कमाण्ड पोष्टको सदस्यमा जिल्ला सुरक्षा समितिका सबै सदस्य ,जिल्ला समन्वय अधिकारी, स्वास्थ्य कार्यालय कार्यालय प्रमुख , जिल्ला स्थित तीनवटै सुरक्षा निकायका प्रमुख , जिल्लाका ५ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत ,जिल्ला अस्पतालका शिव भण्डारी र अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप प्रमुख तुलसी दाहाल र नेरोसो सभापती लगायत छन् ।
जिल्ला स्तरीय कमाण्ड पोष्टले आजै ५ वुदे विभिन्न निर्णय गरेको छ । पोष्टको समिति गठन तथा यसअघि भएगरेका निर्णयहरु सन्तोषजनक कार्यान्वयनमा आएको औल्याएको छ । क्वारेन्टाईन संञ्चालन तथा व्यवस्थापन मापदण्डले तोके बमोजिम ५ वटै पालिकाले सुरक्षा निकाय र स्वास्थ्यकर्मीको समन्वयमा क्वारेन्टाईन निर्माण ,व्यवस्थापन र संञ्चालन गर्ने , क्वारेन्टाईनलाई सहयोग आवश्यक परे सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई जानकारी गर्ने , खाद्यबस्तुको अभाव हुन नदिने ,खाद्य बस्तु आपर्तीका लागि पालिका संग समन्वय गर्ने ,खाद्य बस्तु भण्डारणका लागि व्यवसायीलाई अनुरोध गर्ने र समस्या परे कमाण्ड पोष्टले सहयोग गर्ने ,दिर्घकालीन खाद्य बस्तु आपूर्तिका लागि सहायक प्रजिअको संयोजकत्वमा समिति गठन गर्ने लगायत छन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालले जिल्ला स्तरीय कमाण्ड पोस्टले कोरोना नियन्त्रण तथा रोकथामका लागि हुने कार्यक्रम सहजीकरण गर्ने बताए । उनले जिल्लामा कोरोना नियन्त्रण गर्न सीमाक्षेत्रलाई चुस्त पारिने र नया आउने आगन्तुकलाई क्वारेन्टाईन वा होम क्वारेन्टाईन राख्ने निर्णय गरेर समितिले तय गर्ने जनाए । अहिलेको कोरोनाले बिषम परिस्थिती खडा भएकाले आपुर्ति व्यवस्था र कालोबजारी नियन्त्रणमा ध्यान दिईने प्रजिअ अर्याले उल्लेख गरे ।
फोटो क्याप्सन ः शुक्रबार कारोना नियन्त्रण गर्न कमाण्ड पोष्ट गठनको तयारी सरोकारवाला । तस्विर ःsk thakali