स्वास्थ्य

विरामी भर्ना गर्न नमान्ने अस्पताललाई कारबाही हुने

संकटका बेला पनि निजी अस्पताल र मेडिकल कलेजले विरामी भर्ना गर्न आनाकानी गर्न थालेपछि सरकारले कडा कारबाही गर्ने भएको छ । सामान्य रोगका बिरामीले पनि समयमा उपचार नपाउने र गलत उपचारबाट मृत्यु भएको खबर सार्वजनिक भएपछि सरकारले कडा कारबाहीसम्मको नीति लिने भएको हो । कोरोना भाइरसको जोखिम भन्दै निजी अस्पताल र मेडिकल कलेजहरुले अहिले विरामी भर्ना र नियमित चेकजाँचमा आनाकानी गर्दै आएका छन् । उनीहरुले चिकित्सक नभएको दाबी गरिरहेका छन्… पुरा पढौ

कोरोनाबाट हामी नेपाली किन सुरक्षित छौं ?

१. हामी सुख दुख सहन अभ्यस्त छौं | कठिनाइको हिमाल चढ्ने बानी हाम्रो जीनमा छ |२. हामीले दैनिक ताजा खाना खान्छौं | नास्ता, खाना, खाजा, खाना, चिया, कफी जे खाएपनि ताजा खान्छौं | फ्रिजको बासी खाना तथा बाहिरको खाना खाने हाम्रो संस्कार छैन |३. हामी परिश्रमी छौं | शारीरिक परिश्रम हाम्रो बानी हो |४. हाम्रो खानामा प्रयोग गर्ने बेसार, अदुवा, लसुन, प्याज, टिमुर,ज्वानो, दालचिनी, तेजपात, मरौटि, पुदिना, सम्फो, जुदो, सिलम, मरीच,… पुरा पढौ

लक डाउन छल्दै सरकारी गाडी दुरुपयोग

उपल्लो मुस्ताङ स्थित लोमान्थाङ–५ का युवाले बुधबार २ वटा सरकारी गाडी रोकेका छन् । लक डाउन समयमा सरकारी गाडी दुरुपयोग गरी चलाएको भन्दै युवाहरुले कालिगण्डकी करिडोर ,बेनी÷जोमसोम÷कोरला सडक आयोजनाको २ वटा सरकारी गाडीलाई लोमान्थाङबाटै फर्काएका हुन् । बुधबार करिडोर सडकको उक्त २ वटा गाडी म्याग्दीको तातोपानीबाट उपल्लो मुस्ताङको उत्तरी कोरलानाका हेर्न लोमान्थाङ पुगेको थियो । युवाहरुले करिडोरको सरकारी गाडी लक डाउनको अवज्ञा गरी चलाएको भन्दै लोमान्थाङबाट माथि जान रोक लगाए… पुरा पढौ

ओबिसिआईसँगको सम्झौता रद्द, भोलिबाट नयाँ प्रक्रिया थालिने

ओबिसिआईसँग गरेको औषधि तथा मेडिकल उपरकण खरिदको सम्झौता रद्द गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोली नयाँ प्रक्रिया सुरु गर्ने भएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बिहीबार नयाँ प्रक्रिया सुरु गर्ने जनाए । उनले भने, ‘ुअब तुरुन्तै अर्को प्रक्रिया भोली फेरि सुरु गर्दैछौं । ुहामीसँग पहिलाका टेन्डरका साथीहरुलाई पनि बोलाएका छौं उहाँहरुले कति समान दिनुहुन्छ सम्झौता गरिसकेपछि कति थप आवश्यक छ तीन दिनको सूचना भोली निकाल्छौं।’ उनले नयाँ टेन्डर… पुरा पढौ

पोखरामा यस्ताले पाउने छन् राहत

पोखरा महानगरपालिकाले राहत वितरणको लागि लाभग्राही छनोट मापदण्ड बनाएको छ । महानगरका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बुधबार बसेको ३७ औं नगर कार्यपालिका बैठकले राहत विरणको लागि लाभग्राही छनोट मापदण्ड बनाएको हो । कोरोना भाइरसको रोकथाम तथा निण्न्त्रणको लागि सरकारले देशभर लकडाउन गरेपछि अति विपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने लगायतलाई राहत उपलब्ध गराउन महानगरपालिकाले २ करोड ४८ लाख ५० हजारको राहत कोष बनाएको छ । उक्त राहत कोषबाट राहत वितरणका… पुरा पढौ

सांसदले दिए मजदुरलाई राहत

विश्वमै फैलिदै गएको नोवल कोरोनो भाईरस ( कोभिड–१९¬) रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि मुस्ताङमा कार्यरत मजदुर बिचल्लीमा छन् । लकडाउनले दैनिक ज्याला मजदुरी काम गर्न नपाएपछि काम गर्ने जिल्ला बाहिरका मजदुरलाई समस्या परेको हो । जिल्लामा काम गर्ने मजदुरको दैनिकी असहज बनेपछि मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले राहत उपलब्ध गराएका छन् । सघीय सांसद तुलाचनले ४ सय २० केजी चामल ,दाल ६० केजी र नुन २५ केजी उपलब्ध… पुरा पढौ

मुस्ताङको पुथाङ एअरपोर्टमा किटनाशक औषधि

धार्मिक तथा पर्यटकीय हिमालपारीको जिल्ला मुस्ताङको विभिन्न गाउमा स्थानीयले डिसईन्फेक्सन किटनाशक औषधि छर्किएका छन् । पछिल्लो समय विश्वमै माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस ( कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न स्थानीयले किटनाशक औषधि छरेको बताएका छन् । मंगलबार घरपझोङ गाउपालिका–३ स्थित व्यस्त रहने पुथाङ एअरपोर्ट बजारका गाउसमाज अभियान्ताले एअरपोर्ट बजार र विमानस्थलमा वरपर डिसईन्फेक्सन किटनाश औषधि छर्किएको पर्यटन व्यवसायी सकबहादुर लालचनले जानकारी दिए । उनले व्यवसायीको होटल ,घर ,पसल ,सरकारी… पुरा पढौ

मुस्ताङ : पालिकाले बुझाएनन् विदेशबाट फर्किएकाको विवरण

हाल विश्व प्यापी माहामारीको रुपमा फैलिदै गएको नोवल कोरोना भाईरस ( कोभिड–१९ ) रोकथाम तथा नियन्त्रण गर्न जिल्ल्ला प्रशासन कार्यालय मुस्ताङले जारी गरेको सूचना र अनुरोधलाई मुस्ताङका ४ पालिकाले अटेर गरेका छन् । तर वारागुङ मुक्तिक्षेत्रले भने आजै विवरण प्रशासनलाई बुझाएको जनाईएको छ । स्थानीय प्रशासनले विदेशबाट १५ दिन अघि गृह जिल्ला मुस्ताङ फर्किएका व्यक्तिको विवरण स्थानीय तहसंग माग गरेको थियो । तर वारागुङ मुक्तिक्षेत्र आजै विवरण बुझाएको हो ।… पुरा पढौ

लोघेकरमा आपतकालिन सेवा, व्यवसायी घ्याङ तेन्जिङले दिए वडालाई जीप

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिकामा निःशुल्क आपतकालिन यातायात सेवा संञ्चालनमा ल्याएको छ । विश्वमै फैलिएको नोवल कोरोना भाईरस ( कोभिड–१९ ) संक्रमण रोकथाम तथा नियन्त्रण भन्दै सरकारले एकसाता अघि देखि मुलुकभर गरेको लक डाउनले सर्वसाधारण समस्यामा परेपछि लोघेकर–३ बस्ने यातायात व्यवसायी घ्याङ तेन्जिङ गुरुङले वडा अध्यक्ष सम्तेन धावा गुरुङलाई आफ्नो निजी जीप हस्तान्तरण गरेका हुन्। लक डाउन अवधिमा दैनिक अतिआवश्यकी सेवा बाहेक सबै सेवा तथा निकाय बन्द भएकाले आफ्नो जीप… पुरा पढौ

अब पोखराबाटै कोरोना जाँच

आजबाट पोखरामै कोरोना जाँच हुने भएको छ । संघीय सरकारले मंगलबार बिहान प्राविधिक टोलीसहित पीसीआर मेसिन पोखरा ल्याएपछि जाँच सम्भव भएको हो । यसअघि अन्य प्रदेशमा पठाइए पनि गण्डकीमा कोरोना जाँच मेसिन पठाइएको थिएन । काठमाडौमा राखिएको मेसिन पोखरा ल्याइएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले बताए । प्रदेश सकारको टोली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीबीच छलफलपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै प्रयोगशाला भवनमा कोरोना भाइरस परीक्षण गर्ने मेसिन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं