एउटै प्लेनमा आएका थिए ३ संक्रमित

नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये संक्रमण देखिएका तीन जना एउटै बिमानबाट नेपाल आएका थिए ।

तीनै जना चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट आएका हुन्। छैटौं र पाँचौ संक्रमित बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् भने दोस्रो संक्रमित फ्रान्सबाट कतार हुँदै आएकी थिइन्।

मन्त्रालयले दोस्रो संक्रमितकाबारेमा चैत १० गते सोमबार जानकारी दिएको थियो। काठमाडौंकी १९ वर्षीया युवती दोस्रो संक्रमित थिइन्। पाँचौ संक्रमित भने बागलुङकी युवती हुन्। अहिले उनीहरुको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।