ओबिसिआईसँग गरेको औषधि तथा मेडिकल उपरकण खरिदको सम्झौता रद्द गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोली नयाँ प्रक्रिया सुरु गर्ने भएको छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बिहीबार नयाँ प्रक्रिया सुरु गर्ने जनाए । उनले भने, ‘ुअब तुरुन्तै अर्को प्रक्रिया भोली फेरि सुरु गर्दैछौं । ुहामीसँग पहिलाका टेन्डरका साथीहरुलाई पनि बोलाएका छौं उहाँहरुले कति समान दिनुहुन्छ सम्झौता गरिसकेपछि कति थप आवश्यक छ तीन दिनको सूचना भोली निकाल्छौं।’
उनले नयाँ टेन्डर प्रक्रियाका लागि पनि पाँच दिन भित्र सामान ल्याउने गरी समय दिने उल्लेख गरे । श्रेष्ठले यसअघि सम्झौता गरेको ओबिसिआईले तोकिएको समयमा सामान ल्याउन नसकेपछि उक्त प्रक्रिया रद्द गरिएको दाबी गरे ।
सरकारले चैत ११ गते २४ घन्टे सूचना जारी गर्दै १ करोड ३ लाख ९४ हजार ४ सय डलरमा ओबिसिआईसँग औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता गरेको थियो।
सम्झौताअनु्सार आइतबारमात्रै नेपाल एयरलाइन्सको चार्टर जहाज मार्फत् आबीसिआईले २३ लाख ९४ हजार डलर बराबरको सामान ल्याएको थियो।






