संकटका बेला पनि निजी अस्पताल र मेडिकल कलेजले विरामी भर्ना गर्न आनाकानी गर्न थालेपछि सरकारले कडा कारबाही गर्ने भएको छ । सामान्य रोगका बिरामीले पनि समयमा उपचार नपाउने र गलत उपचारबाट मृत्यु भएको खबर सार्वजनिक भएपछि सरकारले कडा कारबाहीसम्मको नीति लिने भएको हो ।
कोरोना भाइरसको जोखिम भन्दै निजी अस्पताल र मेडिकल कलेजहरुले अहिले विरामी भर्ना र नियमित चेकजाँचमा आनाकानी गर्दै आएका छन् । उनीहरुले चिकित्सक नभएको दाबी गरिरहेका छन् । कतिपयले राजीनामा दिएर घर बसेको भेटिएको छ ।
काठमाडौं उपत्यकाका निजी अस्पतालका डाक्टरहरु घर बसेका छन् ।




