इमर्जेन्सीमा पनि बिरामी जाँच्दैनन् डाक्टर

- इमर्जेन्सी सेवा दिइरहेको तर सुरक्षा उपकरण नहुँदा नयाँ बिरामीको उपचारमा समस्या भएको निजी अस्पतालहरुको दाबी

रत्नचोककी एक महिलाको २ हप्ताअघि पाठेघरको शल्यक्रिया भयो । शल्यक्रिया सफल भए पनि २ हप्तापछि समस्या देखियो । असाध्य पीडा भएपछि २ दिनअघि ती महिला अस्पताल पुगिन् । तर, ती चिकित्सकले उनको जाँच गर्नै मानेनन् ।

३ दिनअघि सिकिस्त नवजात शिशुको जाँचै नगरुी गैह्रापाटनको फिस्टेल अस्पतालले फर्काएको ती बच्चाका अभिभावकले गुनासो गरे । मणिपाल शिक्षण अस्पतालले ३ पटक किमोथेरापी दिइसकेको बिरामीलाई अहिले किमो नै नदिई फर्काएको छ ।

निजीमात्र होइन, सरकारी अस्पतालले पनि इमर्जेन्सीमा पनि डाक्टरले बिरामीको उपचार हत्तपत्त गर्न मानेका छैनन् । पोखरा ५ पस्र्याङबाट कान पाकेर अस्पताल लगिएका १ बालिकाको उपचारका लागि निकै सास्ती व्यहोर्नु प¥यो । अस्पताल परिसरमै भेटिएकी बालककी अभिभावले भनिन्, ‘संघर्ष गरेर उपचार गरियो । बोल्न नसके त उपचारै नपाएर मर्नुपर्ने रहेछ ।‘

कोरोनाको आशंका गरिएका बिरामीको मृत्यु भएपछि भएका परीक्षणमा पनि उनीहरुमा अरु नै रोग देखिएको छ । यसरी नै अस्पताल र चिकित्सकहरु आफ्नो दायित्यबाट पन्छिए अरु नै रोगले मानिस मर्ने अवस्था सिर्जना हुने देखिन्छ ।

कोरोना सन्त्रास सुरु भएपछि अस्पतालहरुमा ओपिडी सेवा बन्द छ । इमर्जेन्सी सेवा खुला गरी सम्भावित विपदका लागि आइसोलेसन बार्ड तयार गर्न र उपचारका लागि तयार हुन सरकारले आग्रह गरेको थियो ।

सधै सञ्चालन गर्नुपर्ने आकस्मिक सेवामा पनि अस्पतालहरुले हत्तपत्त सेवा दिएका छैनन् । पिपिई नभएको, डाक्टर उपलब्ध नभएको आदि कारण देखाउँदै निजीले मात्र होइन, सरकारी अस्पतालले पनि आकस्मिक सेवामा पनि बिरामी भर्ना लिन मानेका छैनन् । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्मा अस्पतालहरु यसरी पन्छिन नमिल्ने बताउँछन् । उनले भने, ‘अहिले ओपिडी चलाऊ भन्ने अवस्था छैन । कुनै अस्पतालले पनि आकस्मिक सेवा बन्द गर्नै पाइदैन । कसैले यो सेवा इन्कार गर्न मिल्दैन ।’

उनले यो सन्त्रासमा कोरोनाबारे जानकारी पाउन र डाक्टरसँग जिज्ञाशा राख्न १०९२ टोल फ्री नम्बरमा सम्पर्क गर्नसमेत आग्रह गरे ।

देशका विभिन्न भागमा उपचार नपाएर अस्पताल चाहार्दा चाहार्दै बिरामीको मृत्यु भएका समाचार आएका छन् । कोरोनाको आशंका गरिएका बिरामीको मृत्यु भएपछि भएका परीक्षणमा पनि उनीहरुमा अरु नै रोग देखिएको छ । यसरी नै अस्पताल र चिकित्सकहरु आफ्नो दायित्यबाट पन्छिए अरु नै रोगले मानिस मर्ने अवस्था सिर्जना हुने देखिन्छ ।

अत्यावश्यक सेवा रोक्न पाइँदैन । यो विडम्बनापूर्ण छ । यो पेशागत नैतिक, कानुन र मानवताविरुद्ध पनि भयो ।
उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला

उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला ज्वरो, टाइफाइड, हर्ट एट्यक्ट जस्ता कारणले मानिसको ज्यान जाने अवस्था सिर्जना हुन नहुने बताउँछन् । उनले अनुगनम समितमा पनि अस्पतालहरुले इमर्जेन्सीमा सेवा दिन आनाकानी गरेको विषय उठेको सुनाए । अध्यक्ष कोइरालाले भने, ‘अत्यावश्यक सेवा रोक्न पाइँदैन । यो विडम्बनापूर्ण छ । यो पेशागत नैतिक, कानुन र मानवताविरुद्ध पनि भयो ।’

यता, निजी अस्पताल सञ्चालकहरु भने बिरामीलाई सरकारको निर्देशन अनुरुप सेवा दिइरहेको दाबी गर्छन् । एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) गण्डकी सचिव ऋषि खतिवडा निजी अस्पतालहरुले इमर्जेन्सी सेवा दिइरहेको र शल्यक्रियासमेत भइरहेको बताउँछन् ।

उनले अस्पतालहरुमा पिपिई, थर्माेमिटर आदि सुरक्षाका उपकरण नभएकाले नयाँ बिरामी जाँचमा समस्या भएको हुन सक्ने उल्लेख गरे । प्रदेश सरकार र प्रमुख जिल्ला अधिकारीसँग यस्ता उपकारण मगाइदिन अनुरोध गरे पनि नपाएको र बजारमा पनि उपलब्ध नभएको उनले जनाए । खतिवडाले भने, ‘पैसा तिर्छाै भन्दा पनि उहाँहरुले मगाइदिनुभएको छैन । अफिनले १८ वटा थर्माेमिटर र पिपिइ मगाएका छौं ।’ अस्पताल र डाक्टरहरु जिम्मेवार भएको उल्लेख गर्दै उनले कतिपय चिकित्सकले फोनबाट पनि बिरामीलाई सेवा दिइरहेको बताए ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।