विश्वमै फैलिदै गएको नोवल कोरोनो भाईरस ( कोभिड–१९¬) रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि मुस्ताङमा कार्यरत मजदुर बिचल्लीमा छन् । लकडाउनले दैनिक ज्याला मजदुरी काम गर्न नपाएपछि काम गर्ने जिल्ला बाहिरका मजदुरलाई समस्या परेको हो । जिल्लामा काम गर्ने मजदुरको दैनिकी असहज बनेपछि मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले राहत उपलब्ध गराएका छन् ।
सघीय सांसद तुलाचनले ४ सय २० केजी चामल ,दाल ६० केजी र नुन २५ केजी उपलब्ध गराएका हुन् ।अन्नपूर्ण संररक्षणक्षेत्र आयोजना एक्याप मुस्ताङले चिउरा ,खाने तेल ,चाउचाउ, प्याज र आलु उपलब्ध गराएको थियो । यस्तै ,अन्य स्थानीय व्यवसायीले पनि विभिन्न राहत सामाग्री उपलब्ध गराएको मुस्ताङका सिडिओ वेदप्रकास अर्यालले जानकारी दिए । सघीय सांसदसहितले उपलब्ध गराएको खाद्यान्न लगायतका सामाग्री जिल्ला प्रशासनको रोहबरमा वितरण भएको सिडिओ अर्यालले बताए ।
मुस्ताङमा विभिन्न प्रयोजनमा काम गर्न आएका करिव ७६ जना मजदुरलाई बुधबार राहत उपलब्ध गराईएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । यस्तै सो अवसरमा गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले मजदुरलाई भनी र उपलब्ध गराईएको मास्क वितरण गरिएको थियो । यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङमा राहत लिन पुगेका मजदुरको ठुलै संख्या थियो । राहतमा छुटेका मजदुरलाई अर्को चरणमा समावेश गर्ने भनी सुझाईएको थियो ।
राहत वितरणमा मजदुरलाई स्वास्थ्य परीक्षण ः
जिल्ला प्रशासनको रोहबर वितरण गरिएको राहत वितरण कार्यक्रममा मुस्ताङमा कार्यरत जिल्ला बाहिरका मजदुरलाई कोरोनो भाईरस ( कोभिड–१९ ) संम्भावित संक्रमण भएनभएको पहिचान तथा अन्य रोगहरुको स्वास्थ्य परीक्षण गराईएको सिडिओ वेदप्रकास अर्यालले जानकारी दिए । मजदुरको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जोमसोमका स्वास्थ्यकर्मी खटिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन शिब भण्डारीले जानकारी दिए । उनका अनुसार करिव १ सय भन्द बढी मजदुरको कोरोनो लगायतको स्वास्थ्य परीक्षण भएको बताए ।




