कोभिड–१९ रोकथाममा जनचेतना फैलाउदै सशस्त्र

सशस्त्र प्रहरीबल मुस्ताङले हिमाली जिल्ला मुस्ताङमा नोवल कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा प्रतिकार्यका लागि जनचेतनामूलक अभियान संञ्चालन गरेको छ । सशस्त्रले अभियानसंगै कोरोना स्वास्थ्य परीक्षण लगायतको कार्यक्रम गरेको हो ।
सशस्त्रले लक डाउन अवधिमा मुस्ताङका विभिन्न गाउमा पुगेर माईकिङ गर्ने कामलाई निरन्तरता दिईएको छ । नागरिकलाई अडियो टेप बजाएर कोरोना भाईरसबारे सचेत गराईएको हो । सशस्त्रले थासाङ,घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउपालिकामा दिनहु माईकिङ गर्ने गरेको सशस्त्र प्रनाउ आनन्द थापामगरले जानकारी दिए । उनले कोरोनाको संम्भावित लक्षण तथा लक डाउन पालना गर्न सर्वसाधारणलाई सुझाएको प्रनाउ थापामगरले बताए ।
यस्तै,सशस्त्रले आफ्ना स्वास्थ्यकर्मी टोली मार्फत बुधबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी र वारागुङ–१ मुक्तिनाथमा स्थानीयको कोरोना स्वास्थ्य परीक्षण गराएको छ । परीक्षणमा सशस्त्रका ३ जना स्वास्थ्यकर्मी खटिएको थियो ।
फोटो क्याप्सन ः
जनचेतनामूलक कार्यक्रम गर्दै सशस्त्र प्रहरी । तस्विर ःसशस्त्र प्रहरी मुस्ताङ ।