स्वास्थ्य

रुपका सरसफाइ कर्मचारीलाई संक्रमण

रुपा गाउँपालिकाको क्वारेन्टिन सरसफाइमा संलग्न एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले संक्रमण पुष्टि गरेको रुपमा ४५ वर्षीय पुरुष स्थानीय हुन् । निर्देशनालयले सबै संक्रमित भारतबाट आएको जनाएको थियो । रुपाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले ती ४५ वर्षीय पुरुष वडा नं. ७ का बासिन्दा भएको जानकारी दिए । ती संक्रमितलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा ल्याउने तयारी भएको छ । रुपा गाउँपालिकामा… पुरा पढौ

पर्वत अस्पतालका डाक्टरसहित ५ मा कोरोना संक्रमण

पर्वत अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।अस्पतालको आइसोलेसनमा हाल ३० जना कोरोना संक्रमित उपचाररत छन्। अस्पतालले शुक्रबार विज्ञप्ति निकालेर यसको जानकारी दिँदै आकस्मिक बाहेकका सेवा बन्द भएको जनाएको छ । २ जना डाक्टर, एक नर्स, एक जना ल्याब असिस्टेन्ट र कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । पुरा पढौ

कास्कीमा थपिए ६ संक्रमित

कास्कीमा शुक्रबार बिहान थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । रुपा गाउँपालिकाका ४५ वर्षीय पुरुष, पोखरा महानगरका ३० र ५६ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । यस्तै, महानगरका १९ वर्षीय २ पुरुष र अर्का ४१ वर्षीय पुरुषमा पनि कोभिड १९ देखिएको छ । पछिल्लो विवरण अनुसार नयाँ २४ संक्रमित थपिएका हुन् । उनीहरु सबै भारतबाट… पुरा पढौ

कोरोना सङ्क्रमण पुष्टि भएपछि लमजुङको होटल सिल

कोरोना सङ्क्रमित फेला परेपछि लमजुङको एक होटललाई सिल गरिएको छ । कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनले बास बसेको लमजुङस्थित बेँसीशहर नगरपालिका–७ स्थित पुष्पाञ्जली होटल एण्ड रेष्टुरेन्टलाई आज सिल गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।  कोरोना सङ्क्रमित ती कर्मचारी गत जेठ २० गते घरबाट छोरासँग बाइकमा उक्त होटलसम्म आएको र छोरा भने फर्किएका थिए । सो होटलमा  एक… पुरा पढौ

७४ जिल्लामा संक्रमित फेला, ७ हजार ८ सय संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब देशका ७४ जिल्लामा पुष्टि भएका संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । तीमध्ये महिला ६१९ र पुरुष ७ हजार २ सय २९ छन् । बिहिबार १९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुनेहरुको संख्या १ हजार १ सय ८६ पुगेको छ । हालसम्म क्वारेन्टाइनमा… पुरा पढौ

महामारीमा युवाको दायित्व किन र कसरी ?

युवावर्ग देशका कर्णधारमात्र होइन मेरुदण्ड पनि हुन् । प्राकृतिक प्रकोप, द्वन्द तथा महामारीमा युवाको अहम् भूमिका हुन्छ। Rescue, Relief & Rehabilitation अर्थात उद्दार, राहत र पुनर्स्थापनामासंसारभरका युवा अग्रपंक्तिमा हुन्छन् । महामारीको समयमा सरकारको काम प्रभावकारी नभएमा युवाले स्वयंसेवी नेतृत्व लिएर भए पनि जनता बचाउनु पर्दछ । संकटले नेतृत्व स्थापित गर्छ । संकटको समयमा जनताको पक्षमा निस्वार्थ काम गर्ने नेतृत्व देशलाई जहिले पनि आवश्यक हुन्छ । आशा गरौँ, हाम्रो देशका युवाले… पुरा पढौ

गण्डकीमा थपिए ७७ संक्रमित, मनाङमा पनि संक्रमित फेला

गण्डकी अञ्चलको मनाङमा पनि कोरोना संक्रमित फेला परेका छन् । चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय पुरुष कपिलवस्तुका हुन् । बिहीबार गण्डकी प्रदेशमा ७७ संक्रमित थपिएका छन् । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४  पुगेको छ । यस्तै, गोरखामा ११, तनहुँमा १२ र नवलपरासीमा १८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितहरु सबै हालै भारतबाट फर्किएका हुन् । बिहान ९ बजेको अपडेट अनुसार स्याङ्जामा ९, बागलुङमा १, पर्वतमा ४, तनहुँमा… पुरा पढौ

आत्महत्या गरेकी युवतीमा संक्रमण

आत्महत्या गरेकी सुर्खेतको सिम्ता गाउँपालिकाकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका ८ की ती २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जनाएका छन् । असार १ गते आत्महत्यापछि पोष्टमार्टम गर्नुअघि उनको कोरोना परीक्षण गरिएको थियो । बुधबार उनमा संक्रमण पुष्टि भएको हो । सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किदा… पुरा पढौ

भिजनरी रणनीति नभए ठूला सहरमा कोरोना अनियन्त्रित

१. माइक्रोबस, टाटा सुमो तथा स्कर्पियोमा कोचाकोच मान्छे भरेर बिभिन्न जिल्लाबाट दैनिक हजारभन्दा धेरै मान्छे चोरीबाटोबाट काठमाडौं आइरहेका छन् | भीमढुंगा, फर्पिंग, ककनी, साँगा, टोखा लगायतका दर्जनौं नाकाबाट बिना चेकजांच मान्छे ओइरिने क्रम बढिरहेको छ | प्रहरीप्रशाशन आवतजावत ब्यबस्थित गर्न असफल भएको छ | २. काठमाडौंका सडकमा ट्राफिक जाम छ | जोरबिजोरमा कुनै कडाइ छैन |३. बजारमा कोरोनापूर्वको अवस्था छ | भीडभाड छ | भौतिक दुरी कसैले पनि पालना गरेका… पुरा पढौ

कोभिड १९ को नयाँ औषधिबारे

नेपाल, बंगलादेश, भारत लगायतका देशमा एलर्जी, दम, बाथ आदि रोगमा प्रयोग हुने तथा सुन्निएको अवस्थामा प्रयोग हुने लाइफ सेभिंग ड्रग डेक्सामेथासोनलाई बेलायतमा गम्भिर प्रकृतिका कोरोंना संक्रमित बिरामीमा प्रयोग गर्दा राम्रो परिणाम दिएको बिबिसीले जनाएको छ | यो औषधि नेपाल, भारत लगायतका देशमा उपयोग तथा दुरुपयोग भएको औषधि हो | यो स्टेरोइड एकदम सस्तो र छिटो काम गर्ने खालको भएकोले चिकित्सकले भन्दा अन्य प्राक्टिस गर्नेहरुले तुरुन्तै जस पाउनको लागि ब्यापक रुपमा चलाएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं