कास्कीमा शुक्रबार बिहान थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ ।
रुपा गाउँपालिकाका ४५ वर्षीय पुरुष, पोखरा महानगरका ३० र ५६ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । यस्तै, महानगरका १९ वर्षीय २ पुरुष र अर्का ४१ वर्षीय पुरुषमा पनि कोभिड १९ देखिएको छ ।

पछिल्लो विवरण अनुसार नयाँ २४ संक्रमित थपिएका हुन् । उनीहरु सबै भारतबाट फर्किएका हुन् । सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेका उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।




