देशमा कहाँ, कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय २६ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङ २ जना र झापामा १ जना कोरोना संक्रमित भएको पाइएका छन्।जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा सर्लाहीका ११ जना र सप्तरीका ४ जना संक्रमित छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका ७ जना, बाग्लुङका १८ जना, बैतडीका ६३ जना, बझाङका ३ जना, बाजुराका ८ जना, डडेल्धुराका ९ जना, र धादिङका एक जनासमेत कोरोना संक्रमण पुष्टि भएको छ । डोटीका १५ जना, गोरखाका ११ जना, कैलालीका १३ महिला र ३३ पुरुष, कास्कीका २ जना र काठमाडौंका ३ जनामा समेत कोरोना देखिएको छ ।

मकवानपुरका २ जना, मोरङका १ जना, म्याग्दीका १ जना, नवलपरासी पूर्वका २ जना, सिन्धुपाल्चोकका २१ जना, तनहुँका १९ जना, पर्वतका ५ जना, उदयपुरका २ जना, सिन्धुलीका १ जना र चितवनका १ जनामासमेत कोरोना भएको छ ।

हेटौंडास्थित प्रयोगशालामा मकवानपुरका ६ जना, त्रिवि शिक्षण अस्तपाल प्रयोगशालामा बैतडीका ५ जना, पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा स्याङ्जाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा कास्कीका ६ जना, नवलपरासी पूर्वका २ जना, स्याङ्जाकै १ जना र बागलुङका ९ जनामा समेत कोरोना संक्रमण पाइएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका ६ जना, गुल्मीका ९४ जना, कपिलवस्तुका ४ जना, नवलपरासी पश्चिमका १ जना रुपन्देहीका २ जनामा कोरोना संक्रमण पाइएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा अछामका १ जना, कैलालीका ३ जना र कञ्चनपुरका २० जनामा समेत कोरोना संक्रमण पाइएको छ।

शुक्रबार ८८ जना महिला हुन् भने बाँकी ३ सय ३८ जना पुरुष हुन् । अब नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । कोरोनाबाट हालसम्म २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।