होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

गुल्मीमा होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।
असार ४ गते मृत्यु भएका छत्रकोट गाउँपालिका मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएका हो।

जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले मृतक पुरुषमा कोरोना पोजिटभ देखिएको जानकारी दिए। उपचारकाक्रममा भारत गएका उनी नेपाल आएपछि होम क्वारेन्टिनमा बसेका थिए।

नेपाली सेनाले मृतकको शव शुक्रबार नै व्यवस्थापन गरेको थियो। मृतक पुरुष प्यारालाइसिसको बिरामी थिए। योसँगै गुल्मीमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। गुल्मीमा कोरोना संक्रमितको संख्या १ सय ६९ पुगेको छ।