रुपा गाउँपालिकाको क्वारेन्टिन सरसफाइमा संलग्न एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बिहान प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले संक्रमण पुष्टि गरेको रुपमा ४५ वर्षीय पुरुष स्थानीय हुन् । निर्देशनालयले सबै संक्रमित भारतबाट आएको जनाएको थियो ।
रुपाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले ती ४५ वर्षीय पुरुष वडा नं. ७ का बासिन्दा भएको जानकारी दिए । ती संक्रमितलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।
रुपा गाउँपालिकामा अहिले ४९ जना क्वारेन्टिनमा छन् ।




