अस्पताल निर्देशकसहित ४ जनामा संक्रमण

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशकसहित ४ जनामा कोरोना संक्रमण भएको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक‚ नर्सिङ इन्चार्ज‚ इमर्जेन्सी वार्डमा कार्यरत एक स्वास्थ्यकर्मी र आइसोलेसन वार्ड इन्चार्जमा कोरोना पोजेटिभ देखिएको हो ।