स्वास्थ्य

उदयपुरमा फेरि थपिए ८ संक्रमित

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको हो। थप परीक्षण गरी भेरिफिकेसन गर्नका उनीहरुको स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ। वैशाख ५ मा भुल्केमा रहेको मस्जिदमा बसेका १६ जनामा परीक्षण गर्दा १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। पछि त्यही समूहमा बसेका थप एकजनामा पनि भाइरस पोजेटिभ देखिएको थियो।… पुरा पढौ

एक्लै पैदल मुस्ताङ आएकी महिला क्वारेन्टाईनमा

पोखरा देखि एक्लै पैदलयात्रा गर्दै मुस्ताङ आएकी एक महिलालाई मुस्ताङको थासाङ गाउपालिका–४ घासाको क्वारेन्टाईनमा पठाईएको छ । क्वारेन्टाईन पठाईएकी महिला १० दिनअघि पैदल यात्रा गर्दै पोखराबाट मुस्ताङ हानिएकी थिईन् । उनलाई घासा प्रहरी चौकी तथा स्थानीय वडा प्रतिनिधिको रोहबरमा सोमबार साँझ करिव ८ बजे क्वारेन्टाईनमा पठाईएको थासाङ –४ का वडाध्यक्ष विशाल शेरचनले जानकारी दिए । क्वारेन्टाईन पठाईएकी अन्दाजी ३० वर्षिया महिला थासाङ–४ झिप्रा देउरालीकी हुन् ।उनलाई क्वारेन्टाई व्यवस्थापन समितिले जनता… पुरा पढौ

पोखराको ध्रुवको कोरोनाबाट लन्डनमा मृत्यु

पोखराको बगाले टोल घर भएका १ नेपालीको कोरोनाबाट बेलायतमा निधन भएको छ । लन्डनको वुल्विचमा बस्दै आएका ४६ वर्षीय ध्रुवकुमार श्रेष्ठको उपचारकै क्रममा शनिबार मृत्यु भएको हो । उनी बेलायतमा चार्टड एकाउन्टेन्ट थिए । करिब २ दशकदेखि बेलायत बस्दै आएका उनलाई १० दिनअघि ज्वरो, खोकी लगायत स्वास प्रश्वासमा समस्या देखिएपछि लन्डनस्थित सेन्टथोमस अस्पतालमा भर्ना गरिएको थियो । श्रेष्ठका श्रीमती, दुई छोरी र एक छोरी छन् । अहिलेसम्म बेलायतमा १८ जना… पुरा पढौ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पिन गण्डकीको सेनिटाइजेसन टनेल

कोराना भाइरसको त्रास बढ्दै जाँदा प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल(पिन) गण्डकी प्रदेश कमिटीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सेनिटाइजेसन टनेल प्रदान गरेको छ । पिन गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको समन्वयमा महानगरपालिकाको यान्त्रिक कार्यशालामा निर्माण गरिएको सेनिटाइजेसन टनेल पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले सोमबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्टरण गरेका हुन् । यो टनेलले स्वचालित रूपमा काम गर्छ । मान्छे टनेलमा जाने बित्तिकै स्वचालित रूपमा सेनिटाइजर स्प्रे हुन्छ । एक जनालाई स्प्रे… पुरा पढौ

लकडाउनको मोडेल फेर्ने कि ?

सरकारले कार्यान्वयन गरेको लकडाउनको कारण नेपालमा कोरोना संक्रमण न्यून संख्यामा सिमित रहेको छ | लकडाउनलाई अझै परिणाममुखी बनाउनको लागि यसको मोडालिटी परिवर्तन गर्नु आबश्यक छ | - बिहान तथा बेलुका मान्छेको चहलपहल हुने, काम नपरे पनि घर बाहिर निस्किने तथा भित्री बस्तीमा भीडभाड हुने समय हो | तसर्थ दिउँसो १२- २ बजेसम्म स्थानीय पसल खोल्ने एबम बिहान / बेलुका कडा गर्दा लकडाउन बढी प्रभावकारी हुन्छ | - लकडाउन भनेको राज्यको… पुरा पढौ

महामारीले निम्त्याउन सक्छ, दीर्घकालीन चिन्ता

कोरोना भाइरस वा अन्य कुनै विपत्ति/ महामारी अथवा प्राकृतिक प्रकोपका कारण पिडित वा त्यस सँग सम्बन्धित कुनै पनि व्यक्तिलाई घटना पछि बिस्तारै एक खाले चिन्ताले सताउन सक्छ। यसलाई मनोविज्ञानमा अभिघातजन्य दुश्चिन्ता मनोविकार अर्थात् Post Traumatic Stress Disorder भनिन्छ। व्यक्तिगत जीवनमा घटेका दुर्घटना अथवा हाल कायम अन्य मानसिक समस्या समेत PTSD को कारण हुन सक्छन्। प्रसिद्ध पुस्तक "Think, Act, Bee" का लेखक Seth J. Williams ले Psychologytoday Online मा यस्तो मानसिक… पुरा पढौ

अर्का संक्रमित पनि निको भए, उदयपुरमा जाँच गर्न हेलिकोप्टरबाट टोली

अकस्मात कोरोना संक्रमितको संख्या दोब्बर भएपछि चिन्ता थपिएका नेपालीलाई सुखीको खबर छ । सेती अस्पतालमा उपचाररत २१ वर्षीय कोरोना संक्रमित पुरुष निको भएर आइतबार डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा ४ जना निको भई घर फर्केका छन् भने २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले देशभर आइसोलेसनमा १ सय ३ जना आइसोलेसनमा छन् भने ५ हजार १ सय ८० जना क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका… पुरा पढौ

रुघाखोकी वा कोरोनाको शंका लागेमा के गर्ने ?

विश्वका २१० देशमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले अरबौं मान्छेलाई त्राहिमाम बनाएको छ | कसैलाई ज्वरो आयो, खोकी लाग्यो वा घांटी दुख्यो भने पनि कोरोना लाग्यो कि भनेर आम नागरिक डराएको स्थिति छ | एकातर्फ लकडाउनको कारण अस्पताल जान गाह्रो छ भने अर्कोतर्फ अधिकांश निजि स्वास्थ्य संस्था बन्दप्राय छन् | सबैको आम्दानी घटेको छ | तसर्थ यस्तो अवस्थामा आफु सजग भएर आफ्नो उपचार आफै गर्नु राम्रो बिकल्प हो | केहि… पुरा पढौ

बागलुङकी ६५ वर्षीय महिला डिस्चार्ज, उदयपुरमा थपिए १ संक्रमित

कोरोना संक्रमति बागलुङकी ६५ वर्षीया महिला शनिबार डिस्चार्ज भएकी छिन् । उनीसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३ पुगेको छ । शनिबारै उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप १ भारतीयमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । शुक्रबार मस्जिदमा रहेका ११ जना भारतीय र १ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो । अब नेपालमा… पुरा पढौ

आइसोलेसनमा १ को मृत्यु

बाँके, नेपालगन्जको मेडिकल कलेज शिक्षण अस्पतालको आइसोलेसनमा उपरचाररत १ नेपालीको मृत्यु भएको छ । बर्दियाको गुलरिया १ बढैयाका ४२ वर्षीय स्माइल बेहनाको शनिबार मृत्यु भएको हो । उनलाई दम, रुघाखोकी र ज्वरो आएको थियो । लक्षण कोरोना भाइरससँग मिल्दोजुल्दो भए पनि उनको स्याको रिपोर्ट आएको छैन । उनी डेढ महिनाअघि भारतबाट आएका थिए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं