कोरोना भाइरस वा अन्य कुनै विपत्ति/ महामारी अथवा प्राकृतिक प्रकोपका कारण पिडित वा त्यस सँग सम्बन्धित कुनै पनि व्यक्तिलाई घटना पछि बिस्तारै एक खाले चिन्ताले सताउन सक्छ। यसलाई मनोविज्ञानमा अभिघातजन्य दुश्चिन्ता मनोविकार अर्थात् Post Traumatic Stress Disorder भनिन्छ। व्यक्तिगत जीवनमा घटेका दुर्घटना अथवा हाल कायम अन्य मानसिक समस्या समेत PTSD को कारण हुन सक्छन्। प्रसिद्ध पुस्तक “Think, Act, Bee” का लेखक Seth J. Williams ले Psychologytoday Online मा यस्तो मानसिक समस्यामा कस्ता खाले लक्षण देखिन सक्छन् भनी एक्काइस वटा बुँदा उल्लेख गर्नुभएको छ। अहिलेको संकटमा र यसपछि तपाईं हामी जोसुकै पनि यस्तो समस्याबाट पिडित हुन सक्ने भएकाले हामी यी लक्षणहरूका बारेमा सचेत मात्र हुन सक्यौँ भने पनि हामी समस्यालाई सहि तरिकाले बुझ्न र समाधानको उपाय खोज्न सफल हुनेछौँ।
PTSD जस्तो मानसिक समस्याका एक्काइस सामान्य लक्षणहरु:
- तपाइले कुनै दुर्घटना, विपत्ति, म्रित्यु, वा गम्भीर रोग र पिडा देख्नुभएको वा भोग्नुपरेको छ भने तपाइलाई बारम्बार पुरानो सम्झनाले सताउन सक्छ।
- तपाईं राति निद्रामा वा दिउसै पुरानो सम्झनाले झस्किन सक्नुहुन्छ।
- तपाइलाई पुरानो दुर्घटना/ विपत्ति अहिले नै घटिरहेको भान भएर त्यसबाट त्रसित हुन सक्नुहुन्छ।
- तपाइलाई बिभिन्न कुरा,तपाइको समस्या/ विपत्ति अथवा भविष्यका कुराले चिन्ता र डर पैदा गर्न सक्छ।
- तपाइ आफन्त वा जोसुकै सँग कारण वा विना कारण रिसाउन सक्नुहुन्छ।
- तपाईं विना कारण निराश भइरहन सक्नुहुन्छ।
- तपाइलाई आफु अरुको वा आफ्नो समस्या/ विपत्ति वा दुर्घटनाको कारण आफै हो भन्ने लाग्न सक्छ।
- तपाईं भावनात्मक तरिकाले लाटो हुन सक्नुहुन्छ अर्थात् यथोचित भावनात्मक प्रतिक्रिया देखाउन कमजोर हुन सक्नुहुन्छ।
- तपाईं जुन समस्याले पिडित हुनुभएको हो त्यसबारे नसोच्नको लागि जबरजस्ती गर्न सक्नुहुन्छ।
- तपाईं सो समस्या/ विपत्ति सँग सम्बन्धित व्यक्ति वा कुनै पनि कुरालाई बेवास्ता गर्न सक्नुहुन्छ।
- तपाईं आफन्त वा जोसुकैलाई विना कारण अविश्वास गर्न सक्नुहुन्छ।
- तपाईंलाई लाग्न सक्छ कि दुनिया असाध्यै भयानक छ, अथवा ठुलै विपत्ति आउन सक्छ।
- तपाईं आफुलाई वा अरुलाई परेको घटना/ दुर्घटना/ विपत्ति प्रति आफू जिम्मेवार भएको महशुस गर्न सक्नुहुन्छ।
- तपाईं अाफुले दुर्घटना/ विपत्तिको बेला फरक तरिकाले अरु केही गर्दा राम्रो हुन्थ्यो भन्ने तपाइलाई लाग्न सक्छ।
- तपाईं आफुलाई अरुभन्दा वा सामान्य रुपमा कमजोर महशुस गर्न सक्नुहुन्छ।
- तपाईं आफैं प्रति आलोचनात्मक हुन सक्नुहुन्छ।
- तपाईं हरबखत सम्भावित दुर्घटना वा भविष्यको चिन्ताले होशियार भै रहन सक्नुहुन्छ।
- तपाईं जतापनि/ जेमापनि/ जोसुकै सँग पनि खतरा महशुस गर्न सक्नुहुन्छ।
- तपाईं सामान्य कुराले उत्तेजित हुन वा आत्तिन सक्नुहुन्छ।
- तपाइलाई निदाउन समस्या हुन सक्छ।
- तपाइको यौन चाहनामा कमी आउन सक्छ।
अन्त्यमा तपाइलाई के कुरामा विश्वास दिलाउन चाहन्छु भने अहिलेको परिस्थितिमा यस्ता समस्या हरु देखिनु स्वाभाविकै हो। तपाइलाई पनि देखिन सक्छन्, त्यसैले सचेत रहनु र नआत्तिनुहुन मेरो अनुरोध छ। तपाईं वा कसैलाई अलि गम्भीर समस्या देखिएमा मनोवैज्ञानिक परामर्श वा मनोचिकित्साको लागि प्रयास गर्नुहोला। CBT तथा Mindfulness based Therapy को लागि मेरो अध्ययन जारी रहेकाले सहयोग तथा सामान्य परामर्शको लागि मलाई फेसबुकमा सिधै सम्पर्क गर्न सक्नुहुन्छ।






