पोखराको ध्रुवको कोरोनाबाट लन्डनमा मृत्यु

पोखराको बगाले टोल घर भएका १ नेपालीको कोरोनाबाट बेलायतमा निधन भएको छ । लन्डनको वुल्विचमा बस्दै आएका ४६ वर्षीय ध्रुवकुमार श्रेष्ठको उपचारकै क्रममा शनिबार मृत्यु भएको हो ।

उनी बेलायतमा चार्टड एकाउन्टेन्ट थिए । करिब २ दशकदेखि बेलायत बस्दै आएका उनलाई १० दिनअघि ज्वरो, खोकी लगायत स्वास प्रश्वासमा समस्या देखिएपछि लन्डनस्थित सेन्टथोमस अस्पतालमा भर्ना गरिएको थियो ।

श्रेष्ठका श्रीमती, दुई छोरी र एक छोरी छन् । अहिलेसम्म बेलायतमा १८ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाइसकेको बताइएको छ ।