स्वास्थ्य

कोरोनाबाट लण्डनमा फेरि भूपू गोरखा सैनिकको मृत्यु

कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मंगलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो । पाल्पा स्थायी घर भएका थापा पछि बुटबल बसाइँसराइ गरेका थिए । पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आइरहेका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना… पुरा पढौ

फोन गर्नुस्, औषधी घरै आइपुग्छ

लकडाउनका बेला बिरामीलाई सेवा दिन अमिशा फार्मेसीले फ्रि होम डेलिभरी सुरु गरेको छ । पोखराको नयाँ बजारमा रहेको फार्मेसीले सही तरिकाले, सही समयमा, सही तापक्रममा सित्तैमा घरमै औषधी पु¥याउने जनाएको छ । सञ्चालक अर्जुन गिरीले सेवाग्राही र बिरामीको सुविधालाई मध्यनजर गरी लकडाउन अवधिभर यो सेवा उपलब्ध गराउने जनाए । फ्रि डेलिभरी अहिलेलाई न्युरोड, नयाँबजारदेखि पूर्व चाउथे, पश्चिम लेकसाइड उत्तर बगर, हरिचोक र दक्षिण छोरेपाटनसम्म हुने जनाइएको छ । औषधी अर्डर… पुरा पढौ

पोखराका कीर्तिमानी खेलाडीको कोरोनाबाट बेलायतमा निधन

पोखराले फेरी अर्को खेलाडीलाई गुमाएको छ । बेलायतमा रहदै आएका लक्ष्मण श्रेष्ठको बुधबार निधन भएको हो । कोरोनाकै कारण उनको निधनले पोखरा र स्याङजाका खेलप्रेमी स्तब्ध भएका छन् । श्रेष्ठ भन्दा अघि नै पोखराले दुई अग्रज फुटबलरलाई गुमाई सकेको छ । स्याङजा घर भई पोखरा–६ जरेबर बस्दै आएका श्रेष्ठ नेपालका राष्ट्रिय किर्तिमानी खेलाडी हुन् । उनी सटफुटका किर्तिमानी खेलाडी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले… पुरा पढौ

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको पोखरेली महिलाको पिसिआर नेगेटिभ

बुधबार दिउसो भएको र्‍यापिड टेस्टमा कोभिड १९ पोजेटिभ देखिएकी पोखरा १२ ढिकालेथरकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ निर्देशनालय गण्डकीलेका निर्देशक डाक्टर विनोद विन्दु शर्माले पिसिआर मेसिनमा उनको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । ती महिला करिब ४ हप्ताअघि दुबईमा छोरालाई भेटेर पोखरा आएकी थिइन् । पुरा पढौ

सनसिटीको संक्रमित बस्ने भवनका सबैको आरडिटी नेगेटिभ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ९ मा रहेको सनसिटी आपर्टमेन्टका संक्रमितहरु बसेको मुख्य भवनका बासिन्दाको आरडिटी नेगेटिभ आएको छ । अपार्टमेन्टका २ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि बुधबार यहाँका करिब २ सय ४० जनाको आरडिटी गरिएको हो । संक्रमण देखिएको फ्ल्याटमा काम गर्ने २ जनामा पनि कोभिड १९ नेगेटिभ आएको छ । जाँच नेगेटिभ आएपछि यहाँका बासिन्दाले घरबाहिर निस्केर सिठी फुकेर, ताली बजाएर खुसी मनाइरहेको सर्दक अधिकारीले जानकारी दिए । पुरा पढौ

अत्यावश्यक सेवा ७-१ बजेसम्म खुला

गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याबोरेटरी युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले लकडाउनको समयमा पनि अत्यावश्यक सेवा सञ्चालन गर्ने भएको छ । पोखरामै अन्यत्र नहुने विशेष जाँच, अस्पतालहरुले रिफर गर्ने जाँच, क्यान्सर, थाइराइड, सुगर, बिटाएचसिजी, कोलस्टोल, जस्ता बेला बेलामा गर्नुपर्ने जाँचका लागि बिहीबारबाट हरेक दिन बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म युआरएल खोलिने प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए । पोखरा सभागृहचोकको गिरी कम्प्लेक्समा रहेको मुख्य कार्यालय र तनहुँको दुलेगौडा र… पुरा पढौ

क्वारेन्टाइनमा बसेको २५ दिनपछि देखियो संक्रमण

कोरोनाबाट जोगिन सरकारले विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ । तर काठमाडौंमै होम क्वारेन्टाइनमा बसेको २५ दिनपछि संक्रमण देखिएको छ । अर्काे आश्चर्यको कुरा त के छ भने उनीहरुमा कुनै लक्षणसम्म देखिएको थिएन । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनाको नतिजाले कोरोना संक्रमणबाट जोगिन फरक र अझ कठिन मापदण्ड अनुशरण गर्नुपर्ने देखाएको छ । उनीहरू चैत ४ गते बेलायतबाट नेपाल आएका थिए । कागेश्वरी मनोहरा नगरपालिकाले… पुरा पढौ

महासंकटमा अमानवीय बने ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको अनुदान बन्द गर्न निर्देशन दिएका छन्। कोरोना भाइरसको महामारी रोक्ने जिम्मेवारी निर्वाह गर्न डब्लुएचओ असफल भएको भन्दै ट्रम्पले यस्तो निर्देशन दिएका हुन् । कोरोना संक्रमण सुरु भएपछि डब्लुएचओ यसलाई नियन्त्रण गर्न नसकेको उनको आरोप छ । यसअघि उनले डब्लुएओ चीनकेन्द्रित भएको र चिनिया भाइरस भएको आरोप लगाएका थिए । कोरोनाबाछ अमेरिकामा २५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करिब… पुरा पढौ

काभ्रेमा पनि २ को आरडिटी पोजेटिभ

काभ्रेपलाञ्चोकमा दुई जनामा कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ देखिएको छ । वैदेशिक रोजगारीबाट फर्केका उनीहरुको रेपिड टेस्टमा पोजेटिभ आएको हो । बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक–एक जनामा कोरोना भाइरस देखिएको हो । ती धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ भने स्वाबको नमूना संकलन गरी टेकु अस्पताल पठाउने तयारी भएको छ । पुरा पढौ

दिल्लीबाट आएका २ मा आरडिटी पोजिटिभ

दिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भई घर आएर बसेका ८ मध्ये २ जनाको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ । गजेन्द्रनारायण सिह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले ७ जनाको आरडिटी भएकोमा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको जानकारी दिए । १ जना तिलाठी कोईलाडी गाउँपालिकाका र अर्का खडग नगरपालिकाका बासिन्दा हुन् । ती २ लाई आईसोलेसनमा राखिएको छ भने बाँकी ५ जनालाई खडग नगरपालिकाको क्‍वारेन्टाइनमा पठाइने भएको छ । उनीहरु… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं