सनसिटीको संक्रमित बस्ने भवनका सबैको आरडिटी नेगेटिभ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ९ मा रहेको सनसिटी आपर्टमेन्टका संक्रमितहरु बसेको मुख्य भवनका बासिन्दाको आरडिटी नेगेटिभ आएको छ ।

अपार्टमेन्टका २ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि बुधबार यहाँका करिब २ सय ४० जनाको आरडिटी गरिएको हो । संक्रमण देखिएको फ्ल्याटमा काम गर्ने २ जनामा पनि कोभिड १९ नेगेटिभ आएको छ । जाँच नेगेटिभ आएपछि यहाँका बासिन्दाले घरबाहिर निस्केर सिठी फुकेर, ताली बजाएर खुसी मनाइरहेको सर्दक अधिकारीले जानकारी दिए ।