र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको पोखरेली महिलाको पिसिआर नेगेटिभ

बुधबार दिउसो भएको र्‍यापिड टेस्टमा कोभिड १९ पोजेटिभ देखिएकी पोखरा १२ ढिकालेथरकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ निर्देशनालय गण्डकीलेका निर्देशक डाक्टर विनोद विन्दु शर्माले पिसिआर मेसिनमा उनको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । ती महिला करिब ४ हप्ताअघि दुबईमा छोरालाई भेटेर पोखरा आएकी थिइन् ।