लकडाउनका बेला बिरामीलाई सेवा दिन अमिशा फार्मेसीले फ्रि होम डेलिभरी सुरु गरेको छ । पोखराको नयाँ बजारमा रहेको फार्मेसीले सही तरिकाले, सही समयमा, सही तापक्रममा सित्तैमा घरमै औषधी पु¥याउने जनाएको छ ।
सञ्चालक अर्जुन गिरीले सेवाग्राही र बिरामीको सुविधालाई मध्यनजर गरी लकडाउन अवधिभर यो सेवा उपलब्ध गराउने जनाए । फ्रि डेलिभरी अहिलेलाई न्युरोड, नयाँबजारदेखि पूर्व चाउथे, पश्चिम लेकसाइड उत्तर बगर, हरिचोक र दक्षिण छोरेपाटनसम्म हुने जनाइएको छ । औषधी अर्डर गर्न ९८४५७०३९३५ र ९८४५८१५२४६ मा सम्पर्क गर्नुपर्ने छ । चिकित्सकले सुझाएकै औषधी विशेष छुटमा डेलिभरी गरी प्रयोग गर्ने तरिका समेत सिकाइने गिरीले जनाए ।




