काभ्रेपलाञ्चोकमा दुई जनामा कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ देखिएको छ ।
वैदेशिक रोजगारीबाट फर्केका उनीहरुको रेपिड टेस्टमा पोजेटिभ आएको हो । बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक–एक जनामा कोरोना भाइरस देखिएको हो ।
ती धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ भने स्वाबको नमूना संकलन गरी टेकु अस्पताल पठाउने तयारी भएको छ ।






