भरतपुरमा २ संक्रमित फेला

चितवनको भरतपुरमा २ जनामा कोरोना संक्रमण देखिएको छ । चितवन अस्पतालको आइसोलेसनमा रहेका २ जनामा पिसिआर जाँचमा कोभिड १९ पोजेटिभ देखिएको हो ।

उनीहरुको थप यकिन गर्न भन्दै स्वाब फेरि काठमाडौं पठाइएको छ । ती दुवै राप्ती नगरपालिकाका बासिन्दा हुन् । उनीहरु १ महिनाअघि विदेशबाट आएका हुन् । उनीहरुमा कुनै खाले लक्षण देखिएको थिएन ।