क्वारेन्टाइनमा बसेको २५ दिनपछि देखियो संक्रमण

कोरोनाबाट जोगिन सरकारले विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ । तर काठमाडौंमै होम क्वारेन्टाइनमा बसेको २५ दिनपछि संक्रमण देखिएको छ ।

अर्काे आश्चर्यको कुरा त के छ भने उनीहरुमा कुनै लक्षणसम्म देखिएको थिएन ।
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनाको नतिजाले कोरोना संक्रमणबाट जोगिन फरक र अझ कठिन मापदण्ड अनुशरण गर्नुपर्ने देखाएको छ ।

उनीहरू चैत ४ गते बेलायतबाट नेपाल आएका थिए । कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार मुलपानी स्वास्थ्य चौकीमा र्‍यापिड टेस्ट गर्दा उनीहरुमा नतिजा पोजेटिभ आएको थियो । पिसिआर परीक्षणमा पनि आमा–छोराको पोजेटिभ देखिएको छ । बुहारीको नतिजा भने सार्वजनिक भएको छैन ।