गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याबोरेटरी युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले लकडाउनको समयमा पनि अत्यावश्यक सेवा सञ्चालन गर्ने भएको छ ।
पोखरामै अन्यत्र नहुने विशेष जाँच, अस्पतालहरुले रिफर गर्ने जाँच, क्यान्सर, थाइराइड, सुगर, बिटाएचसिजी, कोलस्टोल, जस्ता बेला बेलामा गर्नुपर्ने जाँचका लागि बिहीबारबाट हरेक दिन बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म युआरएल खोलिने प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए ।
पोखरा सभागृहचोकको गिरी कम्प्लेक्समा रहेको मुख्य कार्यालय र तनहुँको दुलेगौडा र दमौलीमा रहेका दुवै शाखाले पनि अत्यावश्यक सेवा उपलब्ध गराउनेछन् । हस्पिटलहरुबाट आउने इमर्जेन्सी परीक्षण, रक्त परीक्षणका आधारमा औषधी मिलाउनुपर्ने बिरामीको अनुरोध र हस्पिटलमा तथा चिकित्सकहरुको आग्रहमा ल्याब खोल्न लागिएको हो ।
विश्वमा अवलम्बन गरिएका सुरक्षा उपाय र सामाजिक दुरी कामय गरी सेवा दिइने भएको छ । पन्तले भने, ‘सुरक्षाका उपायहरु अबलम्बन गर्छाै । आवश्यक पिपिई सेट खरिद गरिसकेका छौं । भिडभाड नगरी अत्यावश्यक सेवा आवश्यक हुने सेवायाहीले बिहीबारबाट सेवा लिन सक्नुहुन्छ ।’






