स्वास्थ्य

मुक्तिक्षेत्रमा लक डाउन कडाई

सरकारले नोवल कोरोना भाईरस ( कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न घोषण गरेको जारी लक डाउन अवधि १२ दिन थपेर बैशाख १५ गते सम्म पू¥याएपछि वारागुङ मुक्तिक्षेत्र–१ खिङ्गाको थोरङलापास युवाक्लवले मंगलबार देखि लक डाउनलाई थप कडा गरेको छ । कोरोना भाईरस रोकथामका लागि सरकारले लक डाउन गरेको तर, मुक्तिनाथ आउने सवारी साधनले लक डाउन उलंघन गरेकाले जोमसोम÷मुक्तिनाथ सडक बन्द गर्नु परेको क्लवका अध्यक्ष रमेश गुरुङले जानकारी दिए । उनले क्लव र… पुरा पढौ

कोरोनाभन्दा दीर्घ रोगले मृत्यु बढ्ने खतरा

नेपालमा नसर्ने रोगको ठूलो जोखिम दिनप्रतिदिन बढिरहेको छ | मृत्युको कारणमध्ये 66 % कारक नसर्ने रोग हुन् | हामीकहाँ हुने मृत्युमा मुटुको रोगबाट १६ %, दम लगायत स्वाश्प्रश्वासजन्य रोगबाट १२ %, मधुमेहबाट ८.५ %, दीर्घ मृगौला रोगबाट ६ %, कोरोनरी आर्टेरी रोगबाट ३ % भएको नयाँ अध्ययनले देखाएको छ | यो २० बर्ष वा सो भन्दा बढी उमेरका मृतकबाट गरिएको अनुसन्धान हो | यो बाहेक फोक्सो, ओभरी, पाठेघर, आन्द्रा, मुख,… पुरा पढौ

आज फेरि २ जनामा कोरोना पुष्टि

¥यापिड डायग्नोष्टिक टेष्टमा कोरोना संक्रमण देखिएका सनसिटी अपार्टमेन्टका दुई जनामा पीसीआर परीक्षणबाट पनि कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको छ । कागेश्वरी मनोहरा नगरपालिका ९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टका एकै परिवारका ३ जनाको आरडिटीमा कोरोना भाइरस देखिएपछि सोमबार अस्पताल भर्ना गरिएको थियो । उनीहरु मध्ये २ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ भने १ जनाको रिपोर्ट आउन बाँकी छ । अब नेपालमा कोरोना पुष्टि भएकाको संख्या १६ पुगेको… पुरा पढौ

पोखराले दियो कास्कीका ४ गाउँपालिकालाई पिपिई

पोखरा महानगरपालिकाले कास्कीका ४ वटै गाउँपालिकालाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पिपिई प्रदान गरेको छ । पोखरा महानगरपालिकाले रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकालाई १०÷१० थान पिपिई मंगलबार प्रदान गरेको हो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरलाई, उपप्रमुख मञ्जुदेवी गुरुङले माछापुच्छे« गाउँपालिका वडा नम्बर २ का अध्यक्ष विक्रम गुरुङलाई र प्रमुख प्रशासकीय अधिकृत धु्रवकुमार पोखरेलले रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेल र मादी… पुरा पढौ

संक्रमणको तेस्रो चरणमा जानबाट देशलाई बचाऔं

नेपालमा कोरोना संक्रमण सिद्धान्तत: तेस्रो चरणमा प्रवेश गर्दैछ | यो चरण रोक्नको लागि फरक ढंगले ब्यबहार तथा काम गर्नु अत्यावश्यक छ | असल सरकार, असल स्थानीय निकाय तथा असल नागरिक बन्नको लागि हामी सबै आफ्नो ठाउँमा जिम्मेवार बनौं |- हरेक स्थानीय निकायले उच्च ज्वरो, सुख्खा लहरे खोकी तथा सास फेर्न गाह्रो भएका व्यक्तिलाई अनिबार्य २-३ हप्ता क्वारेन्टाइनमा राख्ने | परिक्षण पर्खेर नबस्ने |- RDT अर्थात किटले ३० % गलत रिपोर्ट… पुरा पढौ

घर देैलोमै पाए लोमान्थाङबासीले लकडाउन राहत

उत्तरी सीमावर्तीक्षेत्रमा बसोबास गर्ने अतिविपन्न ,गरिव ,असहाय तथा दैनिक ज्यादारी गरी घर गुजारा चलाउने व्यक्तिलाई लोमान्थाङ गाउपालिकाले राहत वितरण गरेको छ । साविक छोसेर ,छोनुप र लोमान्थाङ गाविसका १ सय ५१ जना व्यक्तिलाई राहत वितरण गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए । लोमान्थाङ गाउपालिकाले वडा –१ मा २५ जना ,वडा–२ मा २१ जना ,वडा –३ मा २५ जना ,वडा–४ मा ३२ जना र वडा –५ मा ५६… पुरा पढौ

बेलायतबाट फर्किएका ३ जनामा र्‍यापिड टेष्टमा पोजिटिभ

ललितपुरको पाटन अस्पतालमा भर्ना भएका तीन जना बिरामीको र्‍यापिड टेष्टमा कोरोना पोजिटिभ देखिएको छ। पेप्सीकोलाको १ अपार्टमेन्टमा बस्दै आएका उनीहरु चैत ५ गते बेलायतबाट फर्किएका थिए । कोरोना आशंकामा सोमबार पाटन अस्पताल भर्ना भएका तीनजनामा र्‍यापिड टेष्टका क्रममा कोरोना पोजेटिभ देखिएको पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले बताए । उनीहरुको पिसिआरबाट रिटेष्टका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ। पुरा पढौ

रौतहटमा पनि भेटियो संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । कैलालीको लम्कीमा रेपिड परीक्षणमा कोरोना देखिएकी ६५ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ । यस्तै रौतहटका १९ वर्षीय पुरुषमा पनि कोराना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । सोमबारसम्म १० हजार ९ सय ८२ परीक्षण भएका छन् । आजसम्म क्वारेन्टाइनमा ७ हजार १ सय ६६ जना छन् । आइसोलनमा १ सय ३ जनाको उपचार भइरहको छ ।… पुरा पढौ

सुदूरपश्‍चिममा १ संक्रमित थपिए, नेपालमा १३ संक्रमित

कैलालीको लम्कीचुहा नगरपालिका १ की ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेष्टमा नेगेटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। जसमामा १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका छन्। अब सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ। यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु,… पुरा पढौ

नयाँ वर्षको पूर्वाद्धमै हटोस् कोरोना तुवालो

सदा वर्ष झै यसवर्ष पनि नेपाली नयाँ बर्षको सुरुआत भएको छ । अंग्रेजी पाश्चात्य नयाँ वर्षतीर ढल्किएको नेपाली नया समाजले नेपाल वर्षलाई पनि महत्व दिईरहेको छ । नयाँ वर्षमा नयाँ सोच,नयाँ बिचार र परिकल्पनासहित नेपालजनमा सुभकामना आदानप्रदान हुन्छ । देश समृद्धिको पाईला तर्फ अघि बढोस् ,रोक व्याधि र प्राकृतिक प्रकोप थेग्न नपरोस् यस्तै यस्तै कामना गरी गरिन्छ । नराम्रा पक्ष र हामीले झेलिरहेका पीडाहरुबाट उन्मूक्ति मिलोस र नयाँ बिचार र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं