घर देैलोमै पाए लोमान्थाङबासीले लकडाउन राहत

उत्तरी सीमावर्तीक्षेत्रमा बसोबास गर्ने अतिविपन्न ,गरिव ,असहाय तथा दैनिक ज्यादारी गरी घर गुजारा चलाउने व्यक्तिलाई लोमान्थाङ गाउपालिकाले राहत वितरण गरेको छ । साविक छोसेर ,छोनुप र लोमान्थाङ गाविसका १ सय ५१ जना व्यक्तिलाई राहत वितरण गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए ।
लोमान्थाङ गाउपालिकाले वडा –१ मा २५ जना ,वडा–२ मा २१ जना ,वडा –३ मा २५ जना ,वडा–४ मा ३२ जना र वडा –५ मा ५६ जना व्यक्तिलाई राहत वितरण गरेको जनाएको छ । पालिकाले करिव साढे ५ लाख मुल्य बराबरको खाद्यान्न लगायतका सामाग्री वितरण गरेको प्रशासकीय अधिकृत पौडेलले बताए । पालिकाले स्थानीय गाउ मुखिया ,युवाक्लव र आमा समूहको सहयोग लिएर राहत वितरण गरेको हो । पालिकाले एक व्यक्तिलाई २५ केजी जिरा मसिनो चामल ,दाल ,तेल र चिनी वितरण गरेको हो । घर दैलोमै राहत पाउदा स्थानीय खुसी भएको प्रशासकीय अधिकृत पौडेलले बताए ।
पालिकाले वितरण गरेको कोरोना लक डाउन राहतमा लोमान्थाङ–५ को कोरला सडकको खोला किनारामा बस्ने जिल्ला बाहिरका ५० मजदुर परिवार लाभान्वित भएका छन् ।यस्तै ,सोही वडा बस्ने करिव २४ दलित घरहरुले पनि राहत पाएको जनाईएको छ ।पालिकाले राज्यको सेवा सुविधा नपाएको ,विदेश नगएको घर ,व्यवसाय संञ्चालन नगरेको ,स्थानीय स्तरमा रोजगार विहिन व्यक्तिहरुलाई राहत वितरण गरेको प्रशासकीय अधिकृत पौडेलले उल्लेख गरे । यस अघि राहत नामावली संकलनमा स्थानीय गाउसमाज ,कार्यपालिका र युवाक्लवको सहमती र छनौटमा राहत वितरण भएको हो ।
यस्तै, लोमान्थाङ गाउपालिकाले कोरोना लक डाउनबाट पीडित बनेकाहरुको सहयोगका लागि १५ लाखको राहत कोष खडा गरेको जनाएको छ । खडा गरिएको कोषमा गण्डकी प्रदेशले उपलब्ध गराएको ५ लाख बजेट समेत राखिएको हो । पालिकाले पोखरामा अलपत्र परेका सयौं मुस्ताङी जिल्ला फर्किन बाकी रहेकाले उनीहरु जिल्ला फर्किएपछि पुन राहत वितरणलाई नियमित गर्ने जनाईएको छ । हिउदयाममा जाडो छल्न बेशी झरेका मुस्ताङी लक डाउनका कारण पोखरामा रोकिएका छन् ।
लक डाउनले पोखरामा अलपत्र मुस्ताङीलाई राहत ः
बर्खायामको अन्नवाली थन्क्याएर हिउदयामको जाडो छल्न बेशी झरेका ३ सय ४९ जना मुस्ताङीलार्ई गण्डकी प्रदेश सरकारले राहत वितरण गरेको छ । पोखराका विभिन्न स्थानमा बसेका उनीहरुलाई गण्डकी प्रदेशका आन्तरिक मामला तथा कानुन मन्त्री हरीबहादुर चुमान र गण्डकी प्रदेश सांसद ईन्द्रधारा बिष्टले चामल ,दाल,चिउरा ,नुन र तेल वितरण गरेको सांसद बिष्टले जानकारी दिए । यस्तै हिउदयामको जाडो छल्न झरेका उपल्लो मुस्ताङका ५ वटा घुम्ती विद्यालयलाई ६३ बोरा चामल वितरण गरिएको छ । चामल किन्न मार्फाका बिष्णुराज हिराचनले ५० हजार ,किमी छोकोङ गुरुङले २५ हजार ,ग्याचो बिष्ट फुवाले १० हजार र सांसद बिष्टले १५ हजार उपलब्ध गराएका थिए । ५ गुम्बा स्कुलमा २ सय ९४ जना शिक्षक र विद्यार्थी छन् । पोखराको नदीपुरमा अलपत्र ५९ जना दलितलाई पनि राहत वितरण गर्न बाकी रहेको जनाईएको छ ।
photo
mustang loha ।