दिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भई घर आएर बसेका ८ मध्ये २ जनाको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ ।
गजेन्द्रनारायण सिह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले ७ जनाको आरडिटी भएकोमा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको जानकारी दिए ।
१ जना तिलाठी कोईलाडी गाउँपालिकाका र अर्का खडग नगरपालिकाका बासिन्दा हुन् । ती २ लाई आईसोलेसनमा राखिएको छ भने बाँकी ५ जनालाई खडग नगरपालिकाको क्वारेन्टाइनमा पठाइने भएको छ । उनीहरु सबैको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ।






