संक्रमणको तेस्रो चरणमा जानबाट देशलाई बचाऔं

नेपालमा कोरोना संक्रमण सिद्धान्तत: तेस्रो चरणमा प्रवेश गर्दैछ | यो चरण रोक्नको लागि फरक ढंगले ब्यबहार तथा काम गर्नु अत्यावश्यक छ | असल सरकार, असल स्थानीय निकाय तथा असल नागरिक बन्नको लागि हामी सबै आफ्नो ठाउँमा जिम्मेवार बनौं |
– हरेक स्थानीय निकायले उच्च ज्वरो, सुख्खा लहरे खोकी तथा सास फेर्न गाह्रो भएका व्यक्तिलाई अनिबार्य २-३ हप्ता क्वारेन्टाइनमा राख्ने | परिक्षण पर्खेर नबस्ने |
– RDT अर्थात किटले ३० % गलत रिपोर्ट देखाउन सक्छ | तसर्थ माथिका लक्षण छन् तर किटमा नेगेटिभ आयो भने पनि २-३ हप्ता क्वारेन्टाइनमा बसौं | त्यो फल्स नेगेटिभ हुनसक्छ |
– RDT पोजिटिभ आयो तर लक्षण देखिएन भनेपनि क्वारेन्टाइनमा बसौं |
– PCR मा पोजिटिभ देखिएमा आइसोलेसनमा राखौं | लक्षण देखिएको छ तर PCR नेगेटिभ देखिएमा होम क्वारेन्टाइनमा बसौं |
– हरेक स्थानीय निकायले आफ्नो पालिकामा कोरोना अस्पताल / ज्वरो तथा रुघाक्लिनिक तोकौं, निर्माण गरौँ |
– हरेक प्रदेशले प्रत्येक जिल्ला सदरमुकामका कोरोना अस्पताल तथा जनरल अस्पताल तोकेर तदनुसार सेवा संचालन गरौँ | निजि अस्पतालमा बाध्यकारी ब्यबस्था गरौँ |
– स्वास्थ्यकर्मीलाई गुणस्तरीय PPE लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएर सुरक्षित तथा उच्च मनोबलयुक्त बनाऔं |
– अबका दिनहरुमा कोरोना संक्रमणको संख्या बढ्दै जानेछ | भौतिक तथा मानसिक रुपमा तयार बनौं | कोरोनाको मृत्युदर निकै कम छ | हामी कोरोनासंग लड्न सक्छौं |
– लक डाउनलाई कर्फ्युको स्तरमा कडा गरौँ | बिहान, बेलुका र भित्री बस्तीमा प्रहरी परिचालन बढाउने ब्यबस्था गरौँ | उल्लङ्घन गर्नेलाई फाइनको ब्यबस्था गरौँ |
– आइसोलेसन र क्वारेन्टाइनबाट मान्छेहरु भाग्ने क्रम रोकिएको छैन, त्यसैले त्यस्ता केन्द्रमा प्रहरी खटाऔं | क्वारेन्टाइन सेन्टरलाई बसौं बसौं लाग्ने बनाऔं | जेलजस्तो नबनाऔं |
– हामी नागरिकले राजनैतिक विवाद गरेर सामाजिक संजाल प्रदुषित नगरौं | सबैजना जनजागरणमा लागौं | भ्रष्ट्राचार / ढिलासुस्ती जहाँ हुन्छ, खबरदारी गरौँ | यो राजनीति गर्ने समय हैन, आफु बाँच्ने र आफन्तलाई बचाउने समय हो |
– निम्न आय भएका व्यक्तिलाई सबैले सहयोग गरौँ | कसैले खान नपाए, बस्न नपाए, बिरामी भए नजिकको वडा कार्यालय वा प्रहरी चौकीमा गएर आफ्नो समस्या राखौं | तर धेरै दिन हिंडेर गाउँ जाने जोखिम नबोकौं |
– भ्रष्ट्राचार तथा कालोबजारी गर्ने जो सुकै होस्, तत्काल बर्खास्त तथा कारबाही गरौँ |
– १ बर्षको लागि दैनिक उपभोग्य सामान तथा औषधिको स्टक प्रत्येक प्रदेशमा राखौं |

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।