सरकारले नोवल कोरोना भाईरस ( कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न घोषण गरेको जारी लक डाउन अवधि १२ दिन थपेर बैशाख १५ गते सम्म पू¥याएपछि वारागुङ मुक्तिक्षेत्र–१ खिङ्गाको थोरङलापास युवाक्लवले मंगलबार देखि लक डाउनलाई थप कडा गरेको छ ।
कोरोना भाईरस रोकथामका लागि सरकारले लक डाउन गरेको तर, मुक्तिनाथ आउने सवारी साधनले लक डाउन उलंघन गरेकाले जोमसोम÷मुक्तिनाथ सडक बन्द गर्नु परेको क्लवका अध्यक्ष रमेश गुरुङले जानकारी दिए । उनले क्लव र गाउ मुखियाको रोहबरमा मुक्तिनाथ सडकको खिङ्गामा ग्याविन तारले घेरेर सवारी आउजाउ बन्द गरेको बताए ।
‘ शिङ्गो मुलुक लक डाउन छ ,तर रातको समयमा सवारी आउजाउ गरेको पाईयो,‘ गाउ मुखिया दोर्जे गुरुङले भने,‘ माहामारीबाट सुरक्षित कडा कदम हो ,गाउलाई भाईरसबाट जोगाउने हाम्रो बाध्यता हो ।’
क्वलले मुक्तिनाथ जाने खिङ्गाको कालोपत्रे बाटोमा खम्बा गाडेर तटबन्धमा प्रयोग गरिने ग्याविक तारले बाटो छेकेका हुन् । ग्याविकले घेरीएको पर्खालमा आवश्यक परे खोल्न मिल्ने गरी पर्खाल लगाएका हुन् ।
घेरिएको स्थानमा क्लवका अध्यक्ष तथा गाउमुखियाको मोवाईल नम्बर राखिएको छ । कुनै आपत्कालिन अवस्था आई परे खोल्न मिल्ने गरी पर्खाल लगाईएको मुखिया गुरुङले जानकारी दिए ।
फोटो क्याप्सन ः
लक डाउन कडाई गर्न मुक्तिनाथ सडकमा ग्याविन पर्खाल लगाउदै युवाक्लव ः तस्विर ःरमेश गुरुङ ।




