ललितपुरको पाटन अस्पतालमा भर्ना भएका तीन जना बिरामीको र्यापिड टेष्टमा कोरोना पोजिटिभ देखिएको छ।
पेप्सीकोलाको १ अपार्टमेन्टमा बस्दै आएका उनीहरु चैत ५ गते बेलायतबाट फर्किएका थिए । कोरोना आशंकामा सोमबार पाटन अस्पताल भर्ना भएका तीनजनामा र्यापिड टेष्टका क्रममा कोरोना पोजेटिभ देखिएको पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले बताए ।
उनीहरुको पिसिआरबाट रिटेष्टका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ।






