कोराना भाइरसको त्रास बढ्दै जाँदा प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल(पिन) गण्डकी प्रदेश कमिटीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सेनिटाइजेसन टनेल प्रदान गरेको छ ।
पिन गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको समन्वयमा महानगरपालिकाको यान्त्रिक कार्यशालामा निर्माण गरिएको सेनिटाइजेसन टनेल पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले सोमबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्टरण गरेका हुन् ।
यो टनेलले स्वचालित रूपमा काम गर्छ । मान्छे टनेलमा जाने बित्तिकै स्वचालित रूपमा सेनिटाइजर स्प्रे हुन्छ । एक जनालाई स्प्रे गर्दा करिब ६० मिलीलिटर सेनिटाइजर खर्च हुन्छ। टनेलमा रहेको २ सय लिटरको ट्याकले करिब ३ हजार ४ सय जनालाई सेनिटाइजेसन गर्न पुग्ने पिन गण्डकी प्रदेश उपाध्यक्ष महेन्द्रबहादुर गोदारले जानकारी दिए।
टनेल निर्माण संयोजक पिन गण्डकी प्रदेश सचिव सुरेश तिमिल्सिनाले ४ दिनमा राष्ट्रिय प्रतिभा पुरस्कारबाट बिभुषित युवा वैज्ञानिक विकल्प दुङ्गाना, ईन्जिनियरहरु सुलभ तिमिल्सिना, सुनील दाहाल, टेक कटुवाल, बाबुराम भण्डारी, ध्रुव भट्टराई र विप्लप पोखरेलले २ टनेल निर्माण गरेको जानकारी दिए । उनले राज्यलाई आवश्यक पर्दा आफ्नो सम्पूर्ण टिम भोलुन्तटेरीङ्ग गर्न पनि तयार रहेको स्प्रस्ट पारे ।
पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले कोरोले विश्वलाई नै आक्रान्त पारेकोले यस्ता आविष्कार विस्तार गर्नुपर्ने बताए । उनले राज्यले यस्ता ईन्जिनियर जनशक्तिको सदुपयोग गरी उनीहरुलाई उत्साहित गर्नुपर्ने उल्लेख गरे ।
पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापा कोभिड १९ बारे प्रकाश पारे । उनले सेनिटाइजेसन टनेलको पूर्ण उपयोग गरिने उल्लेख गरे ।
पिन केन्द्रीय कमिटी सदस्य टेक कटुवालले सम्पूर्ण सहयोगीलाई धन्यवाद दिदै ईन्जिनियरहरु हरेक परिस्थितिमा देशका लागि अग्रपंक्तिमा रही काम गर्न तयार रहेको बताए । कठिन परिस्थितिमा काम गर्न आर्थिक तथा बजार व्यवस्थापन कठिन रहेको कोषाध्यक्ष सुमन गिरीले बताए।
कठिन र जटिल परिस्थितिमा प्राविधिकहरू सधै अग्रस्थानमा हुनै पर्ने र रहिरहेको अबगत गराउदै एनइएले समन्वय गरेको सभापति बाबुराम भण्डारीले बताए। निर्माणमा सग्लग्न इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराका सहायक क्याम्पस प्रमुख सुनिल दाहालले लकडाउनमा महानगरपालिकाको कार्यशालामा सामान व्यवस्थापन सहज हुने भएकाले कार्य अगाडि बढाइएको जानकारी दिए।

कार्यक्रममा पोखरा माहानगरपालिका मेयर मानबहादुर जिसी, नेकपा कास्की इन्चार्ज राजकाजी गुरूङ्ग, गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा बिनोदबिन्दु तिमिल्सिना, प्रदेश संसद तथा नेकपा कास्की अध्यक्ष कृष्ण थापा, एनइए सभापति बाबुराम भण्डारी लगायतको उपस्थिति थियो।









