पर्वत अस्पतालका डाक्टरसहित ५ मा कोरोना संक्रमण

पर्वत अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।अस्पतालको आइसोलेसनमा हाल ३० जना कोरोना संक्रमित उपचाररत छन्।

अस्पतालले शुक्रबार विज्ञप्ति निकालेर यसको जानकारी दिँदै आकस्मिक बाहेकका सेवा बन्द भएको जनाएको छ । २ जना डाक्टर, एक नर्स, एक जना ल्याब असिस्टेन्ट र कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।