स्वास्थ्य

आत्महत्या किन गर्छन् ? यसबाट बच्न के गर्ने ?

आत्महत्या जानीजानी आफैंलाई मृत्यु गराउने कार्य हो । यो एक आवेगपुर्ण काम हो । WHO को अनुसार बिश्वमा हरेक 40 सेकेन्डमा एकजनाले आत्महत्या गर्छन । बिश्वमा कुल मृत मानिसमा 1.5% आत्महत्या को कारणले हुन्छ । बिश्वमा महिलाहरू भन्दा पुरूषहरूले बढी आत्महत्या गरेको पाइन्छ । औषत रूपमा हेर्ने हो भने 14 बर्ष देखि 29 बर्ष उमेर सम्मका मानिसहरूले धेरै आत्महत्या गर्छन ! आत्महत्या बिकासोन्मुख तथा बिकसित देश सबैमा गरेको पाइन्छ ।… पुरा पढौ

आज थपिए ५ सय ३५ संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अब संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा थप ३७० जना उपचारपछि निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ। अब रसुवाबाहेका नेपालका ७६ जिल्लामा कोरोना संक्रमण पुगिसकेको छ । पुरा पढौ

सुत्केरीलाई कोराना भेटिएपछि गुल्मीको तीन गाउँ सिल

गुल्मीमा एकजना सुत्केरी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गुल्मीदरबार गाउँपालिका तीनवटा गाउँ पूर्ण बन्द (सिल) गरिएको छ। सो गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नआउँदासम्म उक्त वडाका तीनवटा गाउँ सिल गरिएको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए। सुत्केरीको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको आजदेखि कन्ट्याक ट्रेसिङको प्रक्रिया शुरु गर्न थालेको छ। सो गाउँपालिका–७ अन्तर्गतका रोटेपानी, उखाप र रिपाहाका बासिन्दालाई सार्वजनिक… पुरा पढौ

कोरोना विरुद्धका आशाका चहकिला किरणहरु

हालसम्म विश्वमा झन्डै ९० लाख व्यक्ति कोरोना संक्रमणबाट संक्रमित भएका छन् | तीमध्ये लगभग ४८ लाख व्यक्ति निको भएका छन्, ३६ लाखभन्दा धेरै व्यक्तिमा सामान्य अवस्थामा छन् भने १ % मात्र अर्थात लगभग ५५ हजार व्यक्ति गम्भिर बिरामी छन् | विश्वमा लगभग ४ लाख ७० हजार व्यक्तिको मृत्यु भएको छ | मृतकमध्ये अधिकांश ७० वर्षभन्दा बढी उमेरका संक्रमित जसलाई गम्भिर किसिमको दीर्घरोग छ | उनीहरुमध्ये लगभग २० % को मृत्यु… पुरा पढौ

पोखरा १४ का १ जनामा संक्रमण

पोखरा १४ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीले दिउँसो साढे १ बजेको अपडेटमा यो जानकारी दिएको हो । ती ४० वर्षीय पुरुष क्वारेन्टाइनमा थिए । उनका परिवारका सदस्य कोरोना संक्रमित थिए । मादी गाउँपालिकाका १ पुरुषमा पनि कोरोना पुष्टि भएको छ । मादीमा शनिबार २ जना संक्रमित भएको पुष्टि भएको थियो । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय २३ पुगेको छ । पुरा पढौ

संक्रमितका लागि प्रिआइसोलेसन बनाउँदै गलकोट नगरपालिका

संक्रमित थपिँदै गएपछि एक हप्ता लकडाउन कडा पार्ने निर्णय गरेको बागलुङको गलकोट नगरपालिकाले प्रिआइसोलसन बनाउन थालेको छ । सदरमुकाममा रहेको आइसोलेसन भरिएपछि संक्रमितलाई राख्न १२ देखि १५ जना अट्ने आइसोलेसन बनाउन थालिएको मेयर भरत शर्माले जानकारी दिए । आइतबार सूचना निकालेर नगरपालिकाले समुदायका संक्रमण फैलिनबाट रोक्नकडा लकडाउन गरिएको जनाएको छ । यहाँ संक्रमितको संख्या २४ पुगेको छ । २४ संक्रमितमध्ये २३ विदेशबाट आएका हुन् भने १ जना बुटवलबाट आएका हुन्… पुरा पढौ

अफगानिस्तानको अमेरिकी दूतावास कार्यरत नेपालीलाई कोरोना संक्रमण

अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यहाँ काम गर्ने कूटनीतिज्ञ तथा अरु स्थानीय कर्मचारीहरुमा पनि कोरोनाको संक्रमण देखिएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ।  तर विदेश मन्त्रालयले यहाँका कति जना कर्मचारीमा यसको संक्रमण देखिएको हो भन्ने बारेमा भने स्पष्ट पारेकाे छैन। तर पनि करिब २० जनामा यो संक्रमण देखिएको बताइएको छ।  तीमध्येका धेरैजसो दूतावास सुरक्षामा कार्यरत नेपाली गोर्खाहरु रहेको बताइएको छ। तर दूतावासमा आवश्यक सबै… पुरा पढौ

यस्तो छ मुस्ताङका संक्रमितको अवस्था

शनिबार साँझ मुस्ताङको घरपझोङका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भयो । जेठ ३१ गते काठमाडौंबाट आएका घरपझोङ १ छैरोका ती वृद्ध तिब्बतियन क्याम्पमा बस्थे । उनलाई घासाको आइडिटी क्याम्पमा परीक्षण गर्दा रियाक्टिभ देखिएपछि असार १ गते उनलाई जोमसोममा आइसोलेसनमा राखिएको छ। उनको स्वाब संकलन गरी २ गते परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । ती संक्रमित उच्च रक्तचापको बिरामी भएको र आँखाको दृष्टिसमेत कमजोर… पुरा पढौ

मुस्ताङमा पनि देखियो कोरोना

गण्डकी प्रद्ेशका ११ वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्ति अनुसार घरपझोङ गाउँपालिकाका एक ८३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । नवलपरासीमा १८, बागलुङमा २९ र तनहुँमा २ जनामा कोरोना पुष्टि भएको छ । अब गण्डकीमा संक्रमितको संख्या ४ सय ८८ पुगेको छ । पुरा पढौ

होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

गुल्मीमा होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।असार ४ गते मृत्यु भएका छत्रकोट गाउँपालिका मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएका हो। जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले मृतक पुरुषमा कोरोना पोजिटभ देखिएको जानकारी दिए। उपचारकाक्रममा भारत गएका उनी नेपाल आएपछि होम क्वारेन्टिनमा बसेका थिए। नेपाली सेनाले मृतकको शव शुक्रबार नै व्यवस्थापन गरेको थियो। मृतक पुरुष प्यारालाइसिसको बिरामी थिए। योसँगै गुल्मीमा तीनजना कोरोना… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं