स्वास्थ्य

पोखरा १४ का १ जनामा संक्रमण

पोखरा १४ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीले दिउँसो साढे १ बजेको अपडेटमा यो जानकारी दिएको हो । ती ४० वर्षीय पुरुष क्वारेन्टाइनमा थिए । उनका परिवारका सदस्य कोरोना संक्रमित थिए । मादी गाउँपालिकाका १ पुरुषमा पनि कोरोना पुष्टि भएको छ । मादीमा शनिबार २ जना संक्रमित भएको पुष्टि भएको थियो । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय २३ पुगेको छ । पुरा पढौ

संक्रमितका लागि प्रिआइसोलेसन बनाउँदै गलकोट नगरपालिका

संक्रमित थपिँदै गएपछि एक हप्ता लकडाउन कडा पार्ने निर्णय गरेको बागलुङको गलकोट नगरपालिकाले प्रिआइसोलसन बनाउन थालेको छ । सदरमुकाममा रहेको आइसोलेसन भरिएपछि संक्रमितलाई राख्न १२ देखि १५ जना अट्ने आइसोलेसन बनाउन थालिएको मेयर भरत शर्माले जानकारी दिए । आइतबार सूचना निकालेर नगरपालिकाले समुदायका संक्रमण फैलिनबाट रोक्नकडा लकडाउन गरिएको जनाएको छ । यहाँ संक्रमितको संख्या २४ पुगेको छ । २४ संक्रमितमध्ये २३ विदेशबाट आएका हुन् भने १ जना बुटवलबाट आएका हुन्… पुरा पढौ

अफगानिस्तानको अमेरिकी दूतावास कार्यरत नेपालीलाई कोरोना संक्रमण

अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यहाँ काम गर्ने कूटनीतिज्ञ तथा अरु स्थानीय कर्मचारीहरुमा पनि कोरोनाको संक्रमण देखिएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ।  तर विदेश मन्त्रालयले यहाँका कति जना कर्मचारीमा यसको संक्रमण देखिएको हो भन्ने बारेमा भने स्पष्ट पारेकाे छैन। तर पनि करिब २० जनामा यो संक्रमण देखिएको बताइएको छ।  तीमध्येका धेरैजसो दूतावास सुरक्षामा कार्यरत नेपाली गोर्खाहरु रहेको बताइएको छ। तर दूतावासमा आवश्यक सबै… पुरा पढौ

यस्तो छ मुस्ताङका संक्रमितको अवस्था

शनिबार साँझ मुस्ताङको घरपझोङका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भयो । जेठ ३१ गते काठमाडौंबाट आएका घरपझोङ १ छैरोका ती वृद्ध तिब्बतियन क्याम्पमा बस्थे । उनलाई घासाको आइडिटी क्याम्पमा परीक्षण गर्दा रियाक्टिभ देखिएपछि असार १ गते उनलाई जोमसोममा आइसोलेसनमा राखिएको छ। उनको स्वाब संकलन गरी २ गते परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । ती संक्रमित उच्च रक्तचापको बिरामी भएको र आँखाको दृष्टिसमेत कमजोर… पुरा पढौ

मुस्ताङमा पनि देखियो कोरोना

गण्डकी प्रद्ेशका ११ वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्ति अनुसार घरपझोङ गाउँपालिकाका एक ८३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । नवलपरासीमा १८, बागलुङमा २९ र तनहुँमा २ जनामा कोरोना पुष्टि भएको छ । अब गण्डकीमा संक्रमितको संख्या ४ सय ८८ पुगेको छ । पुरा पढौ

होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

गुल्मीमा होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।असार ४ गते मृत्यु भएका छत्रकोट गाउँपालिका मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएका हो। जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले मृतक पुरुषमा कोरोना पोजिटभ देखिएको जानकारी दिए। उपचारकाक्रममा भारत गएका उनी नेपाल आएपछि होम क्वारेन्टिनमा बसेका थिए। नेपाली सेनाले मृतकको शव शुक्रबार नै व्यवस्थापन गरेको थियो। मृतक पुरुष प्यारालाइसिसको बिरामी थिए। योसँगै गुल्मीमा तीनजना कोरोना… पुरा पढौ

कास्कीको मादीमा १९ महिने बालिकालाई कोरोना

कोरोना संक्रमण कास्कीका ३ पालिका पुगेको छ । मादी गाउँपालिकामा एक १९ महिने बालिकामा संक्रमण पुष्टि भएको छ । मादीमै ४१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । ती बालिकाका बुबा २२ दिनअघि भारतबाट घर फर्किएका थिए । उनका बाबुको रिपोर्ट भने नेगेटिभ आएको छ । गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ श्यामले शिशुका बुवा गाउँ आएपछि सिधै क्वारेन्टिनमा बसेको उल्लेख गरे । एक पटक बालिकालाई खानेकुरा दिन ती पुरुष गएको… पुरा पढौ

राति १० देखि बिहान ५ बजेसम्म हिड्न प्रतिबन्ध

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि व्यवस्थित गर्ने सम्बन्धि मापदण्ड जारी गरी राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । गृह मन्त्रालयले जारी गरेको मापदण्डमा अत्यावश्यक काम बाहेक यो समयमा हिँड्न नपाइने उल्लेख छ । कोभिड–१९ को जोखिम उच्च रहेको अवस्थामा विवाह, व्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजा पाठ लगायतका सामाजिक तथा सांस्कृतिक कार्यक्रम गर्नैपर्ने अवस्थामा सामाजिक दूरी कायम गरी गर्न र गराउन भनिएको छ । यस… पुरा पढौ

अस्पताल निर्देशकसहित ४ जनामा संक्रमण

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशकसहित ४ जनामा कोरोना संक्रमण भएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक‚ नर्सिङ इन्चार्ज‚ इमर्जेन्सी वार्डमा कार्यरत एक स्वास्थ्यकर्मी र आइसोलेसन वार्ड इन्चार्जमा कोरोना पोजेटिभ देखिएको हो । पुरा पढौ

देशमा कहाँ, कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय २६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङ २ जना र झापामा १ जना कोरोना संक्रमित भएको पाइएका छन्।जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा सर्लाहीका ११ जना र सप्तरीका ४ जना संक्रमित छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं